बक्स अफिसमा ‘हिजोआजका कुरा’ : कमजोर ओपनिङ, शोमा भारी कटौती

उल्लेख्य शोसहित रिलिज भएको फिल्म ‘हिजोआजका कुरा’ले बक्स अफिसमा निराशजनक ओपनिङ गरेको छ । मल्टिप्लेक्सले आइतबार भारी संख्यामा शो कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार फिल्मलाई उपत्यकाका फ्रेन्चाइज हलमा जम्मा पाँच शो उपलब्ध गराएको छ, जुन न्यून हो । कुनैबेलाको हिट टीभी श्रृंखला र मल्टिस्टारर फिल्म भएकाले फिल्मले सुखद् ओपनिङ

हरिवंश भन्छन्– ‘बलिदान’पछि मेरा लागि ‘महापुरुष’ उत्कृष्ट फिल्म

कात्तिक ११ गतेदेखि प्रदर्शन हुन गइरहेको फिल्म ‘महापुरुष’ यतिबेला ‘मोफसल भ्रमण’मा छ । हरिवंश आचार्यसहितका कलाकार देशका प्रमुख सहरमा दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेका छन् । उनीहरु फिल्मका अन्य कलाकार र निर्देशकीय टोली पनि दर्शक फकाउँदै छन् । कन्सर्ट, कमेडी र पत्रकार सम्मेलन गर्दै फिल्मले टुर गरिरहेको छ । पूर्वी

‘दुई नम्बरी’को बक्सअफिस : दोस्रो शनिबार पनि आक्रामक, पहिलो साता साढे चार करोड

दोस्रो सातामा पनि दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी–सोसल ड्रामा फिल्म ‘दुई नम्बरी’ले उत्साहजनक कमाइ गरिरहेको छ । दोस्रो शनिबार पनि हलहरु ७० देखि शतप्रतिशत अकुपेन्सीमा चलिरहेका थिए । बलियो ‘वर्ड अफ माउथ’को कारण दोस्रो साता पनि फिल्मको कमाइ स्थिर हुने अपेक्षा गरिएको छ । नयाँ रिलिज भएका फिल्मको

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने

दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो । नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण गर्न लागेको टेलिभिजन संचालक संस्था डिएआर मुभिजका निर्देशक

‘प्रसाद २’मा नम्रता नरहने, ऋचाको सम्भावना कति ?

फिल्म छायांकनअघिदेखि नै ‘प्रसाद २’लाई गसिपले पछ्याइरहेको जस्तो देखिन्छ । ‘विवाद’ले रोकिएको फिल्मको आगामी छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने लिखित सहमति भइसकेको छ । अब भने ‘प्रसाद’को दोस्रो श्रृंखलालाई लिएर नयाँ चर्चा छ । दोस्रो श्रृंखलामा दर्शकले नम्रता श्रेष्ठलाई हेर्न नपाउने भएका छन् । नम्रता फिल्ममा नरहने निकट स्रोतले

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुसमा

हरर तथा थ्रिलर जनरामा निर्माण भएको नेपाली फिल्म ‘चि मुसी चि’ आगामी पुसमा प्रदर्शन हुने भएको छ । निर्माताले शुक्रबार फिल्मको आधिकारिक लोगो सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । प्रस्तुतकर्ता अरुण चक्रवर्तीका अनुसार पोस्ट–प्रोडक्सनको काम सकिएको छ र

‘हिजोआजका कुरा’सहित पाँच फिल्म हलमा

शुक्रबार नेपालमा पाँच फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका छन् । साकार पन्त निर्देशित फिल्म ‘हिजोआजका कुरा’ यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको सिरिजकै फिचर स्वरुप हो । सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रीमा विश्वकर्मा

‘महापुरुष’ ट्रेलर : प्रेम र बिहेको मर्मस्पर्शी कथामा हरिवंश र गौरीको जीवन्त अभिनय

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘महापुरुष’को ट्रेलरमा दर्शकलाई चाहिने सबथोक छ । माया, घृणा, संवेदना, हुटहुटी, रोमान्स र विद्रोह । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा पेस गर्छ । छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न कस्सिएको अधवैंशे पुरुषको कथा यसले भन्छ ।

ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा

ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पूर्वनिर्धारित मिति स्थगित भएपछि निर्माताले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् । निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए । फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा

सिक्किममा बन्ने नयाँ फिल्ममा सहकार्य गर्दै सुनिल सेट्टी र विपिन कार्की

नेपाली र बलिउड कलाकारलाई समावेश गरेर पूर्वोत्तर भारतीय राज्य सिक्किममा फिल्म निर्माण हुने भएको छ । जसमा बलिउड अभिनेता सुनिल सेट्टी र नेपाली अभिनेता विपिन कार्कीले समेत अभिनय गर्ने भएका छन् । सिक्किमस्थित मेकरकै निर्माण, निर्देशन र प्राविधिक संलग्नता रहने बताइएको यो फिल्म यतिबेला कास्टिङको प्रक्रियामा छ । निर्माताले विपिनसँग