‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शन हुने

चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको यो चलचित्र चैत ४ गते रिलिज हुनेछ । निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथा चलचित्रमा समावेश छ । चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको

२४ दिनमा सकियो फिल्म ‘बुलाकी’

फिल्म ‘बुलाकी’ को छायाँकन सकिएको छ । सुटिङ सुरु भएको २४ औं दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो । बाँकी रहेको गीतको छायांकन पुसपछि गर्ने निर्देशक सुनारले जानकारी दिए । फिल्मको दृश्य

कृष्टिनाको लामो पर्खाइ

कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वमा फेरि सन्त्रास फैलाएन भने फागुन १३ गते चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनेछ । यो चलचित्रले बक्स अफिसमा बम्पर कारोबार गर्ने प्रदर्शक र वितरकहरुको अनुमान छ । यो चलचित्रबाट नेपाली रजतपटमा नवनायिका कृष्टिना गुरुङको आगमन हुँदैछ । उनी अडिसनबाट यो चलचित्रका लागि छानिएकी हुन् । तर,

‘बाबरी’मा दुई धिरजसँग अदिती

नायिका अदिती बुढाथोकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘बाबरी’को छायांकन केही दिन अगाडि सकिएको छ । चलचित्रको छायांकन सकिएपछि यसका कलाकार सिक्किम घुमघाममा व्यस्त छन् । सुरेन्द्र पौडेलद्वारा निर्देशित यो चलचित्रमा अदितीको साथमा नायकद्वय धिरज मगर र धिरज टोट्लानीको अभिनय छ । चलचित्रको छायांकन अवधिभर निर्माणपक्षले अदिती र दुई धिरजको

नेपालमा विदेशी फिल्मको छायांकन : ‘उचाइ’ टिमले गरे २० करोड खर्च

हिन्दी चलचित्र ‘उचाइ’को छायांकनका क्रममा बलिउडका चर्चित कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायत ४५ दिनसम्म नेपालमा रहे । यो चलचित्रको छायांकनका लागि कलाकारहरुले नेपाल बसुन्जेल हेलिकप्टरको प्रयोग गरे । मुस्ताङ, मनाङ लगायतका स्थानमा यो चलचित्रको छायांकन गर्दा ‘उचाइ’का निर्माताले नेपालमा २० करोड रुपैयाँ खर्च गरेको नेपालको सम्पूर्ण व्यवस्थापनको

धिरज र अदितीको ‘बाबरी’को छायांकन सकियो

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को छायांकन सकिएको छ । चलचित्रको छायांकन निषेधाज्ञाअघि नै शुरु भएको थियो । तर, केही दिन चलचित्रको छायांकन गर्न नपाउँदै निषेधाज्ञा लागू भएपछि काम रोकिएको थियो । निर्माणपक्षले चलचित्रको छायांकन ३८ दिनमा सकिएको बताएको छ । यो चलचित्रलाई मोरङ, झापा, सिक्किम लगायतका स्थानमा गरिएको

‘प्रकाश’को डिजिटल राइट्स बिक्री

अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले फिल्मको डिजिटल राइट्स किनेको हो । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । निर्माता महेन्द्र अधिकारीले वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्मको राइट बिक्री गरेका हुन् ।

फिल्म ‘लाखे’ निर्माण हुने, नयाँ कलाकारलाई पनि अवसर

फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् ।

सलोन भन्छन्– कसैको प्रेममा पौडिरहेको छु

नायक सलोन बस्नेतको चर्चा उनले चलचित्रमा निर्वाह गरेको भूमिकाका कारण नै बढी हुने गर्छ । सलोनले बाल्यकालदेखि नै चलचित्र यात्रा शुरु गरेका हुन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र हेर्ने हो भने उनी नायकभन्दा पनि चरित्र अभिनेताको रुपमा नै बढी जमेका छन् । यसकारण पनि चलचित्रमा उनी नायकको साथीको

प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी २’ अर्को दशैंमा !

२०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ चलचित्र ‘परदेशी–२’ को छायाँकन शुरु गरिएको थियो । तर, कोरोना महामारी फैलिएपछि चलचित्र छायाँकनकै क्रममा रोकिन पुग्यो । कोरोनाको पहिलो लहर सकिएपछि बाँकी छायाँकन पूरा गरियो । र, २०७८ सालको दशैंलाई प्रदर्शन मिति तोकियो । फेरि कोरोनाको दोस्रो लहरमा निषेधाज्ञा लागू भएपछि यस