
मदनको निर्देशनमा ‘आँधी तुफान २’
१६ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिरिज बन्दैछ । ‘आँधी तुफान’लाई महेन्द्र वुढाथोकीले निर्देशन गरेका थिए । अब, निर्माता तथा लेखक मौनता श्रेष्ठ चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउँदैछन् । यो चलचित्रमा पनि ३ जना नायिका हुनेछन् । चलचित्र ‘आँधी तुफान २’ लाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।