बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना

बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ । बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए

निरञ्जलीसँग दयाको रोमान्स

दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ ।

महाराष्ट्रका मुख्यमन्त्रीको बयानमा कंगनाको आक्रोश

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् । यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई

निरुता लेख्छिन–‘भूवन केसी मेरा लागि रियल हिरो’

मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै निरुताले भनेकी छिन–‘मलाई आज पनि संझना आउँछ, दार्जिलिङ्गमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरु बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ । दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका

‘झ्यानकुटी २’बारे यसो भन्छिन् बेनिशा

निर्देशक सिमोस सुनवार चलचित्र ‘झ्यानाकुटी २’को तयारीमा छन् । यो चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । प्रदिप आफूले लेखेका मध्ये स्क्रिप्ट अनुसार बनेको चलचित्रको रुपमा ‘झ्यानाकुटी’लाई मान्छन् । यसैले पनि ‘झ्यानकुटी २’को स्क्रिप्टलाई लिएर उनी उत्साहित छन् । प्रदिपले चलचित्रको कथा लकडाउनको समयमा लेखेको बताएका छन् । चलचित्र ‘झ्यानाकुटी’मा नायक

अंकिताको बयान–‘सुशान्त रियासँग खुशी थिएनन्’

नायक सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग कुरा गर्दै नयाँ कुराको खुलासा गरेकी छिन् । उनले, सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् । सुशान्तका पिता केक सिंहले प्रहरीमा एफआइआर दर्ता गरेपछि रिया चक्रवर्तीको खोजीमा प्रहरीले लागेको छ । भारतीय मिडियाका अनुसार, अंकिताले प्रहरीसँग दिएको बयानमा

कथा मिलेपछि स्क्रिप्टमै थन्कियो निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’

एक बलिउड चलचित्रसँग कथा मिलेपछि चलचित्र ‘दिमाग खराब’ अब नबन्ने भएको छ । सिमोस सुनवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘दिमाग खराब’मा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको थियो । निश्चल र स्वस्तिमाले पनि केही समय अगाडि यो चलचित्रमा काम गर्न लागेको जानकारी अनलाइनखबरलाई बताएका थिए

३ करोड बजेटमा ‘छक्का पन्जा ४’, सुटिङका लागि १ बर्ष लाग्ने

चलचित्र ‘छक्का पन्जा ४’ निर्माणका लागि ३ करोड भन्दा बढी बजेट लाग्ने निर्माता तथा लेखक दिपकराज गिरीले जानकारी दिएका छन् । निर्माता गिरीका अनुसार, यो चलचित्र छायांकनका लागि १ बर्ष लाग्नेछ । चलचित्रलाई विभिन्न समयमा छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने भएको हो । फरक फरक परिवेशमा चलचित्र छायांकन

रियाविरुद्ध सुशान्तका पिताको उजुरी

नायक सुशान्त सिंह राजपुतको निधनपछि मुम्बई प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान पनि प्रहरीले लिइसकेको छ । तर, अब यो घटनाले नयाँ मोड लिएको छ । सुशान्तका पिता केक सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । उनले, सुशान्तलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको

भदौदेखि सुरु होला त फिल्मको छायांकन ?

निर्माता, निर्देशक तथा कलाकार रोज राणा चलचित्र ‘खलनायक २’को छायांकन भदौबाट सुरु गर्ने तरखरमा छन् । अधिकांश कलाकार चयन गरिसकेका रोजले भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताउँदै आएका छन् । चलचित्रकर्मीहरु छायांकनका लागि भदौ महिना पर्खिरहेका छन् । तर, सरकारले नेपाली चलचित्रको छायांकनका लागि कुनै निर्देशिका जारी गरेको छैन ।