
व्रत नबस्न आग्रह गर्दै सोफियाले गाएको ‘तिज गीत’ विवादमा
गायिका सोफिया थापाले गाएको ‘अबको तिज नो ब्रत प्लिज’ बोलको तिज गीत विवादमा परेको छ । यूट्युबमा सार्वजनिक भएलगत्तै यस गीतले चर्को प्रतिक्रिया सामना गर्नुपरेको हो । नेपाली महिलाहरुको महान पर्व तिज नजिकिँदै जाँदा दिन–दिनै नयाँ तिजगीतहरु सार्वजनिक भइरहेका छन् । यही सिलसिलामा गायिका सोफिया थापाको ‘तिजगीत’ हाइलाइट्स नेपालको