हङकङ क्रिकेट क्लबद्वारा बागमती प्रदेश ५७ रनले पराजित

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो टी– २० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली हङकङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । बागमती प्रदेशले जवाफमा

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल पुस अन्तिममा

पुसको अन्तिम साता सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । मंगलवार नेपाल भलिबल संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन् भने पुरुषतर्फ १४ टोलीले प्रतिष्पर्धा गर्ने

विश्वकपमा ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी

विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ । विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले

वार्नरको दोहोरो शतकमा कीर्तिमानै कीर्तिमान

डेभिड वार्नर आफ्नो १ सयौँ टेस्टमा शतक बनाउने १० औँ खेलाडी बनेका छन् भने दोहोरो शतक बनाउने मात्र दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध एमसीजीमा वार्नरले तीन वर्षको शतक खडेरी पनि अन्त्य गरेका छन् । सन् २०२० को जनवरी यता उनले २७ इनिङ्समा शतक बनाउन सकेका थिएनन् ।

आईसीसीसँग किन रिसाए इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्स ?

इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्सले टेस्ट क्रिकेटलाई पर्याप्त महत्व नदिइएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हालै पाकिस्तानलाई टेष्ट सिरिजमा ३–० ले पराजित गरेका बेन स्टोक्सले बीबीसीको एक कार्यक्रममा पूर्व क्रिकेटर इयान बोथमसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘जसरी टेस्ट क्रिकेटबारे कुरा गरिन्छ, त्यो मलाई मन

लेस्टर सिटीलाई हराउँदै न्युक्यासल दोस्रो स्थानमा उक्लियो

लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो । जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो

लिभरपुलको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो । लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २–० को अग्रता

आर्सनलको लय कायमै

स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ । बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७ औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै

नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात

काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सवै विकेट गुमाउँदै एक सय ३६ रनमा सिमित बनेको थियो । ओपनर

साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी, पूरन महँगा विकेटकिपर

इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो । यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो । उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो