कानेपोखरीमा २४ घण्टा नबित्दैँ उक्कियो कालोपत्रे

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ पौडेल चौकदेखि ४ नं. को भलुवा खोलासम्म निर्माणाधीन कालोपत्रे सडक २४ घण्टा नबित्दैँ उक्किएको भन्दै स्थानीय आक्रोशित बनेका छ्न । पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै

फोनिज १ नम्बर प्रदेशको दोस्रो महाधिवशेन पथरीको सिन भिलेजमा हुने

क्रेजी संवाददाता मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ

रमाइलो जेसिज २०२२ को अध्यक्षमा सन्तोष फुयल

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी स्थित रमाइलो जेसिज शाखाको वार्षिक साधारण सभाबाट २०२२ का लागि अध्यक्षमा त्रिभुनाथ फुयल (सन्तोष ) सर्वसम्मत चयन भएका छ्न । कानेपोखरी ६ को रमाइलो साकोस हलमा सम्पन्न भएको शाखाको चौथो साधारण सभा तथा शाखा अधिवेशनबाट फुयल चयन भएका हुन । कार्यकारिणी उपाध्यक्षमा मनोज अधिकारी,

पथरीमा मुक्तिनाथ विकास बैंकको शाखा स्थापना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बजारमा मुक्तिनाथ विकास बैंकले आफ्नो शाखा स्थापना गरेको छ । आज बैंकले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्वसवसँगै १ सय ५३ औं शाखाको रुपमा पथरीमा शाखा स्थापना गरेको हो । पथरीमा बंैकले केही समय अगाडिदेखि नै आफ्ना सेवाहरु प्रदान गर्दै आएको भएता पनि

नमूना चर्चका जवानहरुको मिसन टिमद्धारा न्यानो कपडा र खाद्यान्न वितरण

सन्तोस खालिङ राई पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका १ पथरी बजारको सुनाखरी चौकमा रहेको नमुना चर्चका जवानहरुको सामाजिक काम गर्ने समुह मिसन टिमले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जाडोको समयमा निम्न आयस्तर भएका परिवारलाई समस्या हुनेभएकोले थोरै भएपनि सहायता पुर्‍याउने उद्धेश्यका साथ वितरण गरेको हो । विगतका

बंगुर फार्मबाट कुमारले गरे मनग्गै आम्दानी

ईस्वर दुलाल पथरीशनिश्चरे । बिहानीको झुल्के घाम संगै बंगुर फार्मबाट सुरु हुन्छ मोरङ पथरीशनिश्चरे–२ मा स्थापित जमुना कृषि फर्मका सञ्चालक कुमार श्रेष्ठको दैनिकी । विहानै आफ्नै घर पछाडिको एक बिगाह क्षेत्रफलमा फैलीएको फार्ममा पुगेर बंगुरलाई दानापानी खुवाउन र खोर सफा गर्न आफू सहित आफ्ना २ सहयोगी लिएर जानुहुन्छ । यसरी

‘गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता’ – काफ्ले

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समय सुहाउँदो विषयमा अध्यापन गराई गुणस्तरीय जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । काफ्लेले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलले आयोजना गरेको कक्षा ११ का विद्यार्थीका लागि स्वागत कार्यक्रममा प्रमुख

कानेपोखरी तेक्वाण्डोका ८१ खेलाडीलाई विभिन्न बेल्ट प्रदान

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले विभिन्न बेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई बेल्ट प्रदान गरेको छ । शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ८१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त गरेको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ आईटिएफ तेक्वाण्डो संघको अध्यक्ष प्रविन कार्कीले खेलाडीलाई प्रमाण

शिवसताक्षीको दुधेमा मनाइयो धुमधाम चासोक तङ्नाम

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा अवस्थित दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधीन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो । आज चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा दिप प्रज्वलन गरी गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले

प्रेस चौतारी मोरङको जिल्ला अधिवेशन पुस २९ गते

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । शनिबार विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.