पथरीशनिश्चरे ३ मा मुढा तालिमको निरन्तरता

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत मुढा बुन्ने तालिमको यो वर्ष पनि निरन्तरता प्रदान भएको छ । लघु उद्यम शाखाको आयोजनामा १५ दिने तालिमको आज एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै ग्रामिण वस्तीको सशक्तिकरणका लागि

निर्माणाधीन किरात भाषा पाठशालाको अनुगमन्

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्बर ८ शान्तिचोकमा अवस्थित किरात माङ्हिम अन्तर्गत निर्माणाधीन भाषा पाठशालाको अनुगमन गर्नुभएको छ । निर्वाचन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकाल मार्फत् विनियोजित १० लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको अनुगमन र पाठशालामा अध्ययन

‘महिलाहरु हरेक क्षेत्रमा अघि बढ्नुपर्छ’ –उपप्रमुख बास्तोला

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका महिलाहरु नेतृत्व लिने सहितका हरेक क्षेत्रमा सक्रियता बढाउनु आवश्यक रहेको बताउनुभएको छ । सोमबार उपप्रमुख वास्तोलाले नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिमको उद्घाटन्का क्रममा

अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपमा लेटाङ विजयी

क्रेजी संवाददाता कानेपोखरी । खेल आफ्नै पक्षमा भएपनि स्कोर गर्न नसक्दा अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कप २०७८ मा पथरीशनिश्चरे पराजित हुनुपर्याे। कानेपोखरीमा जारी अन्तर पालिका स्तरीय अध्यक्ष कपको आज भएको खेलमा लेटाङ नगरपालिकाले १ को विरुद्ध २ गोल गर्दै पथरीशनिश्चरे माथि विजयी हासिल गरेको हो । खेल सुरुवातदेखि नै

टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शान्तिचौक विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा शान्ति चौकले देविगञ्जलाई १–८ को विशाल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । शान्ति चौकका लागि खेलको १ मिनेटमै गोपाल घिमिरेले गोलको खाता खोलेका थिए ।

पथरीशनिश्चरे नगरमा मेयरका आकांक्षीहरू

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरेमा आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी (टिकट) पाउन दौडधुप तीव्र बनाएका छन् । स्थानीय तह निर्वाचनको लागि पथरीशनिश्चरेको उल्लास राजनीतिक सरगर्मीका रुपमा प्रकट भएको छ । दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेस लगायत अन्य पाटीबाट मेयर पदको

साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम

पवित्रा पौडेल ईटहरी । आई पे रेमिटको आयोजनामा साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम कार्यक्रम सम्पन्न भएको छ । शनिबार कम्पनीका प्रवन्ध निर्देशक इन्द्र शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कम्पनीका सेल्स तथा मार्केटिङ हेड रुप नारायण श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । इटहरीको एभरेष्ट बैंक्युटमा भएको कार्यक्रममा

च्याम्पियन द रियल ब्रदर्शद्वारा खेलाडीलाई सम्मान

क्रेजी संवाददाता पथरी । यस पटकको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग च्याम्पियन द रियल ब्रदर्श फुटबल क्लबले शनिबार खेलाडीहरुलाई सम्मान गरेको छ । शनिबार साँझ पथरीशनिश्चरे–१ सुनाखरी चौकमा अवस्थित युथ क्याफेमा भएको सो कार्यक्रममा द रियल ब्रदर्शले आफ्ना खेलाडी र क्लबलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको हो । क्लबका

‘सेवाको राजनीति गरौं’–फागो

क्रेजी संवाददाता उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले अबको राजनीति सान, मान र प्रतिष्ठाको नभएर जनसेवाको राजनीति गर्नुपर्ने सुझाएका छन् । शुक्रबार ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत मोरङको केराबारी गाउँपालिका वडा नं. १ पाटीगाउँको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सहमहामन्त्री फागोले यस्तो सुझाएका

मिलनको ‘फर्किन चाहन्छु आमा…’ युट्युवमा सार्वजानिक

विदेसिएका युवाहरूको यथार्थ कथालाई समेटेर तयार पारिएको गीत ‘फर्किन चाहन्छु आमा...’ को म्यूजिक भिडियो युट्युवमा सार्वजानिक भएको छ । गायक मिलन श्रेष्ठको आवाज रहेको यस गीतको कम्पोज/लिरिक्स आसुसेन लामाले गरेका छन् भने गितार/एरेन्ज/ मिक्स/ मास्टर रिकेश गुरुङले सम्हालेका छन् । विदेशमा रहेका एक युवाले आमाप्रतिको माया दर्शाइएको यस गीतको भिडियोमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.