विपन्न वर्गका विद्यार्थीलाई स्वेटर वितरण

भूमिप्रसाद पाठक, पथरीशनिश्चरे नगरपालिका वडा नं - १० स्थित जालपा सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा\ स्वेटर वितरण गरिएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन कटुवालको प्रमुख आतिथ्यतामा कक्षा १ देखि ५ सम्मका १ सय २५ जना अति विपन्न वर्गका छात्र \ छात्रालाई ऊनीको न्यानो स्वेटर प्रदान गरिएको

समाज रुपन्तरण टीभीद्वारा सञ्चारकर्मीहरु सम्मानित

क्रेजी संवाददाता विराटनगर । पूर्बेली लोक दोहोरीको माध्यमबाट कृषि र पर्यटनको विकासमा सहयोग गर्ने हेतुले विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम गर्दै आएको समाज रुपान्तरण मिडिया हाउसले चार जना पत्रकारलाई सम्मान गरेको छ । समाज रुपान्तरण मिडिया हाउसले सुक्रबार मोरङको विराटनगरमा अवस्थित रेड पाण्डा होटलमा लोक दोहोरी कार्यक्रमको आयोजना गरेको थियो ।

नव निर्वाचित पथरी जेसीजका अध्यक्ष राईद्वारा कार्ययोजना प्रस्तुत

क्रेजी संवाददाता पथरी । पथरी जेसीज वर्ष २०२२ का लागि निर्वाचित भएकी अनिता राई (अनु)ले सञ्चारकर्मीहरुसँग भेटघाट तथा भावी आफ्ना योजनाहरु प्रस्तुत गरेकी छिन् । मंगलबार पथरीको पारिजात होटलमा आयोजना गरिएको कार्यक्रममा अनुले आफ्नो एक वर्षे कार्ययोजना प्रस्तुत गरेकी थिइन् । अध्यक्ष राईले दुव्र्यसनी फसेका युवाहरुलाई कुलत छुटाउन कार्यक्रमहरु मार्फत्

रमाइलो जेसिज २०२२ को अध्यक्षमा सन्तोष फुयल

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी स्थित रमाइलो जेसिज शाखाको वार्षिक साधारण सभाबाट २०२२ का लागि अध्यक्षमा त्रिभुनाथ फुयल (सन्तोष ) सर्वसम्मत चयन भएका छ्न । कानेपोखरी ६ को रमाइलो साकोस हलमा सम्पन्न भएको शाखाको चौथो साधारण सभा तथा शाखा अधिवेशनबाट फुयल चयन भएका हुन । कार्यकारिणी उपाध्यक्षमा मनोज अधिकारी,

कानेपोखरी ४ निवासी ६६ बर्षिय धिमाल जंगलमा मृत फेला

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका निवासी ६६ वर्षीय मात्रिका धिमाल कानेपोखरी जंगलमा मंगलबार आज मृत अवस्थामा फेला परेका छन । कानेपोखरी ४ धम्कुवाका धिमाल आज कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन र लेटाङको जनजागृती सामुदायिक वनको सिमानामा पर्ने फायर लाइन छेउमा मृत अवस्थामा फेला परेका हुन । धिमाल

पथरीशनिश्चरे ९ मा उद्यमशीलता विकास तालिम

क्रेजी संवाददाता पथरी । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम आजबाट सुरु भएको छ । नगरको लघु उद्यम विकास शाखा मार्फत् सञ्चालित तालिमको नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले उद्घाटनका अवसरमा बोल्दै एक व्यक्तिले धेरै तालिम लिइ

लिओनल मेस्सीलाई कोरोना संक्रमण

फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड–१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टी गरेको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

किसानहरुको सूचिकरणका लागि अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा किसानहरुको सूचिकरणका लागि अन्तरक्रिया तथा तालिम थालिएको छ । कृषितर्फको सशर्त अनुदान कार्यक्रम अन्तर्गत नगरपालिका कृषि शाखाले आयोजना गरेको कार्यक्रममा २ नम्बर वडाका किसान गणना गणकहरुका लागि २ दिने अन्तरक्रियात्मक तालिमको आयोजना भएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै

पथरीमा मुक्तिनाथ विकास बैंकको शाखा स्थापना

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बजारमा मुक्तिनाथ विकास बैंकले आफ्नो शाखा स्थापना गरेको छ । आज बैंकले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्वसवसँगै १ सय ५३ औं शाखाको रुपमा पथरीमा शाखा स्थापना गरेको हो । पथरीमा बंैकले केही समय अगाडिदेखि नै आफ्ना सेवाहरु प्रदान गर्दै आएको भएता पनि

मछिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० को साघुरो गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरमा अवस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि सुनिल बलले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.