माओवादी केन्द्र कानेपोखरीको वडा अधिवेशन सम्पन्न : सम्पूर्ण पदाधिकारी सर्वसहमत

क्रेजी संवाददाता कानेपोखरी । नेकपा माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँपालिकाको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । सात वटै वडाको अधिवेशनबाट पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसहमत रूपमा चयन भएको माओवादी केन्द्रले जनाएको छ। कानेपोखरी गाउँपालिका वडा १ को अध्यक्षमा ईश्वर खतिवडा चयन भएका छन । उपाध्यक्षमा नरमाया पाण्डे,

मोरङ क्षेत्र नं. १ (क)को सभापतिमा मोक्तान विजयी

क्रेजी समाचारदाता मधुमल्ला । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा नरबहादुर मोक्तान विजयी भएका छन् । शनिबार भएको मधुमल्ला पार्टी प्यालेसमा मतदानको अन्तिम मत परिणाम अनुसार दुई प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान विजयी भएका हुन् । सभापतिमा मोक्तानले १ सय ३० मत प्राप्त गरे भने प्रत्यासी अर्जुन तुम्रोकले ९६

साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न : उत्कृष्ट ऋणीलाई सम्मान

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड बयरबनले शनिबार छैठौं वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७/७८ को प्रगती तथा ७८/७९ का लागि संस्थाले तय गरेका नीति तथा कार्यक्रमहरू संस्थाकी अध्यक्ष कल्पना भण्डारीले प्रस्तुत गरेकी थिइन

माओवादी केन्द्र पथरीशनिश्चरेमा सबै वडामा नेतृत्व चयन

क्रेजी संवाददाता पथरी । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरेमा शनिबार सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ । नगरको दश वटै वडा अधिवेशनमा पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रले जानकारी दिएको छ । पथरीशनिश्चरे वडा नं. १ मा युवराज चम्लागाईको अध्यक्षतामा २९ सदस्यीय

जहदा भेट्रानसको फाइनलमा आज जहदा र ईटहरी बीच भीडन्त हुने

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी–५ जहदामा आज ‘जहदा भेट्रानस गोल्डकप–२०७८’ को फाइनल खेल हुदैछ । आयोजक जहदा भेट्रानस र हाम्रो ईटहरी भेट्रानस बीच फाइनल खेल हुनेछ । आयोजकले झापाको विर्तामोड भेट्रानसलाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो भने इटहरीले हाम्रो धरान भेट्रानसलाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो

पथरीमा नाटक ‘अनि देउराली रुन्छ’ को प्रिमियर

क्रेजी संवाददाता पथरी । ३० को दशकमा रचिएको नाटक ‘अनि देउराली रुन्छ’ धेरै वसन्त पार गरी पुनः आमदर्शक माझ आइपुगेको छ । मानबहादुर मुखियाले लेखेको नाटक ‘अनि देउराली रुन्छ’ पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा आज प्रिमियर (पहिलो सो) गरिएको हो । पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक

पथरीशनिश्चरे–८ मा टोलटोलमा एमाले अभियान सुरु

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिस्ट पार्टी एमाले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटीले शुक्रबारदेखि ‘टोलटोलमा एमाले अभियान’ सुरुवात गरेको छ । वडालाइ १० वटा टोलमा विभाजन गरेको एमालेले आजदेखी टोलटोलमा गएर आफ्नो टोल कमिटी गठन गर्ने र उक्त टोलमा रहेका समस्याहरू पहिचान गरी समाधान गर्न पहल गर्ने अध्यक्ष

धरानलाई टाइब्रेकरमा स्तब्ध पार्दै इटहरी भेट्रानस फाइनलमा पुग्यो

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनलमा हाम्रो इटहरी भेट्रानस एफसी प्रवेश गरेको छ । हाम्रो धरान भेट्रानस एफसीलाई टाइब्रेकरमा २-३ गोल अन्तरले हराउँदै हाम्रो इटहरी भेट्रानसले फाइनलको यात्रा तय गरेको हो । धरानका लागि जनकराज सुनुवार, तिर्थराज आलेमगर, योगेन्द्र राई, सुमन

माङ्सेबुङमा १४ औं आत्मानन्द कप हुने

क्रेजी संवाददाता माङ्सेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं शुभजन्मोत्सवको अवसरमा १४ आंैै आत्मानन्द कप हुने भएको छ । इलाम माङ्सेबुङमा आयोजना हुने सो प्रतियोगिता मंसिर ११ गते उद्घाटन खेल हुने आयोजकले जनाएको छ । मोरङ जिल्लाबाट पथरी शनिश्चरेको सिरिजंघा स्पोर्टिङ क्लब जाने भएको छ । यस्तैगरी सिरिजंघाको अलवा

नेकपा एमाले प्रदेश कमिटी बैठक सम्पन्न

भूमिप्रसाद पाठक महाधिवेशन आरम्भ हुनु एक हप्ता अघि नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठक विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न भएको छ । नेकपा विघठनपछि एमाले हुनुभएका प्रदेश कमिटी सदस्यहरुलाई पार्टीको आन्तरिक वैधानिक व्यवस्थाअनुसार पद तथा जिम्मेवारीको शपथ गराएसँगै पार्टीको प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकलाई संविधानसभा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.