जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

क्रेजी संवादाता, झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख

बाघको आक्रमणबाट बेपत्ता चन्दको शव फेला

क्रेजी संवादाता, धनगढी । बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ। झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए । बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो ।शुक्रबार दिउँसो घाँस काट्न गएकी

तमोर नदीमा एक युवक बेपत्ता

क्रेजी संवादाता, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर

पथरीमा आज ओ.डी. होटल एण्ड रेष्टुरेन्टको उद्घाटन हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा ओ.डी. होटल एण्ड रेष्टुरेन्ट डान्ससबार सहितको होटल आज उद्घाटन हुनेभएको छ । सुनाखरी चौकमा स्थानीय युवा विक्रम योञ्जन तामाङले ४५ लाख लगानी गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याइने भएको हो । आज वैसाख १ गतेको दिन स्थानीय कलाकारको साथमा उदघाटन गरिने

पञ्चायत माविद्वारा विशेष उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा नेपालकै उत्कृष्ट मोटिभेसनल स्पीकर सौनक भट्टद्वारा विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर उद्घाटन गर्नुभएको हो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो

पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम

पथरीशनिश्चरे, चैत २८ पथरीशनिश्चरेमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगरकै आयोजनामा बैठक तथा अभिमुखीकरण कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजना संघीय मामिला

सागरद्वारा उपाधिमा दावेदारी प्रस्तुत

क्रेजी संवाददाता पथरी । स्थानीय खेलाडी लोकसागर साम्बा दोस्रो दिनको पाँचौ चरणको खेल सकिंदासम्म ४ जित र एक बराबरीको नतिजा निकाल्दै उपाधिमा दावेदारी प्रस्तुत गरेका छन् । साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजित गरेका थिए । दोस्रो

ग्रासरुट अभियानअन्तर्गत घाट सरसफाइँ

क्रेजी सवादाता , पथरी चैत्र २१ गते नेकपा ९एमाले० को जारी मिसन ग्रासरुट २०७९ अन्तर्गत १० नम्बर वडा कमिटी, पथरी शनिश्चरे नगरपालिकाले भिन्न प्रकारको रचनात्मक र जनसरोकारमुखी कामको रूपमा स्थानीय डाँस खोलाको घाट सरसफाइँ सम्पन्न गरेको छ । यहाँको व्यस्त दाहसंस्कार स्थलको रूपमा प्रयोगमा आएको यो घाट सरसफाइँ कार्यक्रमलाईआज बिहानैदेखि

नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गीता

क्रेजी संवाददाता पथरी । नेपाल उत्पीडित जातीय मुक्ति समाज पथरीशनिश्चरेको तेस्रो नगर अधिवेशनले गीता विश्वकर्माको नेतृत्वमा २३ सदस्य समिति चयन गरेको छ । शनिबार पथरीशनिश्चरे वडा नं. १ को शिवालय मन्दिरमा भएको अधिवेशनबाट उपाध्यक्ष भागवत पासवान, मनमाया विका, सचिव अन्जना दर्जी, उप–सचिव केशीका महत, कोषाध्यक्ष प्रमिला ल्वागुन रहेका छन् ।

मुखको क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग

प्रेमप्रसाद भट्टराई (के डी) पथरी मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ । पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकाको ओहायो स्थित कबीर ज्ञानोदय सामाजिक केन्द्र नामक संस्थाबाट १ लाख २ हजार ८ सय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.