हरियाली सामुदायिक वन लिमिटेडको साधारणसभा

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो । आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः

फेरिदै हरियाली वनको स्वरुप

–ईस्वर दुलाल पूर्वमा सालबारी सामुदायिक वन, पश्चिममा शान्ती सामुदायिक वन, उत्तरमा वैज्ञानिक साझेदारी वन र दक्षिणमा मुख्य सडक (पूर्व पश्चिम राजमार्गको बिचमा रहेको सुन्दर वन हो हरियाली सामुदायिक वन । यस वनले २ सय ४५.९४ हेक्टर क्षेत्रफल ओगटेको छ । वनमा हालसम्म १ हजार १५ जना सदस्यहरु रहेका छन् ।

एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल

– सन्तोष राई २०७९ सालको एस.ई.ई. परीक्षामा पथरीशनिश्चरे वडा नं. ९ मा स्थापित प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्टता हासिल गरेका छन् । सँगै नगर भित्रको विद्यालयहरुमा आफ्नो विद्यालयलाई उत्कृष्ट विद्यालयमा दर्ज गर्न पनि निश्चल सफल भएका छन् । प्याराडाइज वि.सं. २०५९ मा अनुमति

पथरीशनिश्चरे ८ मा चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण

क्रेजी संवाददाता पथरी। कुशे–दोहलु धान खेती कृषि समुहले चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा शुक्रबार पथरीशनिश्चरे ८ नं. वडा कार्यलयको सभाहलमा अनुदान वितरण गरेको हो । कुशे–दोहलु धान खेती कृषि समुहको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन

जयचौकमा ट्राफिक सचेतना बोर्डहरु राखियो

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेको बढी दुर्घटना हुने वडा नं. २ को मुख्य सडकमा अवस्थित जयचौकमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का वडाध्यक्ष नैना राई, ट्राफिक कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्का, प्रहरी हवल्दार अच्युत सिग्देल, इलाका प्रहरी

धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखिकरण तलिम

क्रेजी संवाददाता पथरी। पहिलो जाति धिमाल समुदाय पथरी शनिश्चरेको आयोजनामा २ दिने सचेतना मुलक अभिमूखिकरण कार्यक्रमको अद्घाटन भएको छ । शनिबार पथरी शनिश्चरे ६ मा स्थित धिमाल महाराज थानमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार, लैंङ्गिक हिंसा र उद्यधमशीलता सम्बन्धी प्रशिक्षक मिना धिमालले सहजिकरण गर्नुहुने छ ।

विकासको गतिमा पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी। पूर्बमा उर्लाबारी नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिकाको बिचमा रहेको सुन्दर नगरी हो पथरीशनिश्चरे नगरपालिका । यस नगरले ५३.७ वर्ग किमी क्षेत्रफल ओगटेको छ भने, पूर्व पक्षिम राजमार्ग अन्तगत लगभग २ किलोमिटर छोएको छ । साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएर

पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध ओसार पसार विरुद्ध दिवस मनाइयो

क्रेजी संवाददाता पथरी। पथरी शनिश्चरे–७ मा स्थापित सपोर्ट पुर्नस्थापना केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध ओसार पसार विरुद्ध दिवस मनाइएको छ । सोमबार साँझ पुर्नस्थापनामा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ७ का

कर्णाली साकोस पथरी सेवा केन्द्र खुल्ने तयारी, अन्तरकृया कार्यक्रम

क्रेजी संवाददाता पथरी। कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी सेवा केन्द्र खुल्ने तयारी भएपछि अन्तरकृया कार्यक्रमको आयोजना भएको छ । मंगलबार पथरी सेवा केन्द्र खुल्ने स्थानमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे १ का वडाध्यक्ष भिम राई, विशिष्ट अतिथि वडा नं. १० का

धिमाल जातिका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम समापन

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे नगरपालिकाको सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा पहिलो जाति धिमाल समुदायका युवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको समापन भएको छ । सोमबार पथरीको मनोहर होटल एण्ड पार्कमा भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरकी उप–प्रमुख देविमाया काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.