तीन वृद्धाको गुनासो (तन बुढो भए पनि मन बुढो भएको छैन) - Crazysaptahik.com

तीन वृद्धाको गुनासो (तन बुढो भए पनि मन बुढो भएको छैन)


भूमिप्रसाद पाठक
‘तीरीमा तीरी मुरली बज्यो झीरैले खोलेको
कहिल्यै पनि बिर्सने छैन, तपाईले बोलेको’
पथरीशनिश्चरे–१ की स्थायी बासिन्दा रणकुमारी खरेल उमेरले ९६ बर्ष टेकेकी उनले भाका हालेको श्लोक मिठासपूर्ण छ । ९६ वर्ष अघि ताप्लेजुङ जिल्लाको आठराइको छिन्ताङमा बुबा प्रजापति प्रसाई र आमा कौशिलाका एक मात्र छोरीका रुपमा जन्मिएकी हुन् । ‘बर्षाको समय किसानले गर्ने र लगाएको धान, कोदो गोड्ने मौसम हो, हामी पहाड कुना–कन्दरामा बसोबास गर्ने बासिन्दा थियौँ ।’ रणकुमारीले भनिन, ‘अहिले हुँदा–हुँदा पथरी शहरमा आएका हौँ’ उनले भनिन् ‘गाउँघरका बुढापाकाको जोश–जाँगर र उत्साह पनि तन्नेरीभन्दा कम देखिन्न ।’ विगत सम्झिदै रणकुमारीले सुनाइन् । १५ बर्ष अघि पति भानुभक्त खरेल गुमाइन् । पति गुमाएको पीडा नमिठो मनमा बसिरहन्छ, दिक्क भएर बाँचिरहेको छु । उनले पीडा पोखिन् । ‘छोरा–बुहारी बिहानदेखि खेतबारीमा हुन्छन् । घरमा बसेका बेला खाना पकाएर परिवारलाई सघाउन्थे ।’ घरभित्र बाहिरको काम सासू–बुहारी मिलेर मिलिजुली पहिला सक्दा गर्थे रणकुमारीले भनिन्, ‘दिनभर घरमै त्यसै बस्नुपर्छ मन नै शान्त हुन्न ।’ खाना पचाउनका लागि पनि काम गरिराख्नुपर्ने उनको भनाइ छ । हालसम्म ठूलो रोगव्याधिले थला पर्नुपरेको छैन, सुगर र प्रेसरले सताएको उनले बताइन् । ‘उहिले त तन्नेरी हुँदा, जति पनि काम गर्न सक्छु भन्ने हिम्मत थियो तर अहिले हिम्मत हराएर गएको छ ।’ ‘आफूलाई छोरा–बुहारीले धेरै माया गर्ने गरेको’ उनले बताइन् । रणकुमारीको विवाह ९ वर्षकै उमेरमा भयो । उनी आफ्नो विवाह भएको समय र अहिलेको समयलाई तुलना गर्दा धेरै फरक पाउँछिन् । त्यतिबेला चेलीबेटी नछुने भएपछि कन्यादान गर्न हुँदैन भन्ने चलन थियो । मिन्स (महिनावारी) भएर पनि बिहे नगरेकीलाई नबिकेकी भन्थे रणकुमारीले भनिन् । ‘मलाई आफ्नै बिहे भएको दिन खासै याद छैन, डोलीमा वस्न नमानेर ससुराले काखमा च्यापेर ल्याएको मात्र सम्झन्छु ।’ ‘अहिलेको विवाह गर्ने चलन र आफ्नो बेलाको विवाहको चलनलाई उनले तुलना गरिन् । त्यतिवेला आमाबाबुलाई आफ्ना छोरी ५ बर्ष नाघ्न थालेपछि विवाहको चिन्ता हुन्थ्यो । अहिलेका छोरीहरु १७÷१८ वर्षको उमेरमै बिहे गरेको देख्दा कति छिटो विवाह गर्न हतारिएका हुन भन्ने लाग्छ ।’ अहिले घर छेउमै गाडी देखेर खुसी हुन्छिन् । ‘त्यो बेला गाडी, मोटरका कुरै हुन्थेनन्, तर अहिले आँखै अगाडी बदलिएको जमाना देख्न पाइयो ।’ अहिलेको परिवर्तित अवस्था देखेर उनका समकालीन पनि छक्क पर्ने गरेका छन् । जन्म, विवाह, मृत्यु अन्य सामाजिक काम गर्ने शैली फेरिएका छन् । त्यति मात्र होइन, मान्छेको स्वभाव पनि बदलिएको छ । ‘हाम्रो पालामा जन्म दिन भन्ने थाहै थिएन । अहिले त ‘बर्थडे’ कै खर्च पनि थुप्रै लाग्छ, बिहेको त कुरै छोडौँ ।’ रणकुमारीकै छिमेकी ९२ बर्षीय दीर्घमाया निरौलाको पनि २ छोरा ४ छोरी छन् । उनी कान्छा छोरा बुहारी (खेमराज–सुमित्रा) नातिहरुसँग बस्छिन् । ३ पुस्तासँगै घरमा उनको अरुसँग कुरा मिल्दैन । दीर्घमायाको जन्म ९२ वर्षअघि खोटाङ जिल्लाको दिक्तेल डुम्रिसे भएको हो । बुबा लक्ष्मीप्रसाद पाण्डे चन्द्रावतीकी माइली छोरी हुन् । श्रीमान् देवीप्रसाद निरौला ४ वर्षअघि निधन भएकी एक्लिएका दिनहरु काटिरहेकी छिन् । दीर्घमाया आफूपनि हात–खाली बस्तिनन् । पहिलेको काम गर्ने बानी अहिले नसक्ने भएकाले हटिसकेको छैन । उमेर हुँदा मेलापातदेखि खेतबारीको काममा सक्रिय दीर्घमाया पहिलेको समय अहिलेको समय देखेर उत्साहित पनि निराश पनि । यत्रो उमेर भइसक्यो, अहिले मलाई सुगर, प्रेसर मुटुको समस्याले गाँजेको छ । ‘अहिले त जन्मदै रोग लिएर आउने रैछन् ।’ उनले भनिन, ‘काम नगरी बस्दा उकुसमुकुस हुन्छ, जति काम ग¥यो त्यति हात खुट्टा हलुका हुन्छन् ।’ ‘पहिला हाम्रो पालामा ओखलमा धान कुट्दै जाँतोमा गहुँ पिनेर गुजारा चलाउनदेखि मिलमा कुटानी–पिसानी हुने सुविधा देखिए ।’ दीर्घमाया भन्छिन्–‘सुविधा, मात्रै भएन त मान्छेलाई अल्छी पनि बनायो ।’ आफ्नो उमेरका वूढापाकाहरु आफ्नै बेलाको जस्तो चलन खोज्छौँ । ‘तर वद्लिएको समयमा नातिनातिनाको भनाइ अनुसार पनि चल्नै प¥यो भनेर चित्त बुझाउँछु ।’ यातायातको सुविधा सबैतिर पुगेछि शिक्षा, स्वास्थ्य, रोजगारी र यहाँको समग्र जीवनशैली बदलिएको छ । अन्त्यमा दीर्घमायाले जानी–नजानी एउटा गथासो सुनाइन् ।

‘पानी पर्न गयो उर्लदो त्यो खोला
जलथल भयो उर्लदो त्यो खोला
बिच्छीले पोलेझै पोल्छ मेरो मन
शीतलु केले होला ?’

आफ्ना छोरा–बुहारी (खेमराज–सुमित्रा) बाट अत्यन्तै स्याहार–सुसार हेरचाह गरेको र धेरैनै माया पाएको उनले सुनाइन् । ‘हिँड्न त मन लाग्छ, तर हिँड्न भनी सक्तिन अलि–अलि मात्र हिँड्छु ।’ उनले भनिन् । सामाजिक भत्ता बढाएकोमा यो सरकारलाई धन्यवाद दिइन । त्यस्तै मोरङ सुनबर्षी नगरपालिका वडा नं–१ बज्रघाटकी स्थायी वासिन्दा गंगादेवी ढकाल पनि उमेरले ७६ वर्ष टेकेकी छिन् । उनको जन्म वि.सं. १९९९ साल चैत्र २० गते साविक संखुवासभा जिल्लाको चित्लाङमा पिता केशव अधिकारी माता विष्णुमायाकी कान्छी छोरी हुन् । ‘१ दाजु भवानी पनि उमेरमा मभन्दा निकै जेठा हुन् ।’ उनले भनिन् । ‘२ छोरा ४ छोरीको जायजन्म भएकी ढकाल काठमाडौमा बस्ने कान्छा छोरा हरि बुहारी सुनितासँग बस्दै आएकी सुनाइन् । उनको साइली छोरी (कमलादेवी ढकाल पाठक) घरमा भेटिएकी उनी बताउँछिन् । ‘९ वर्षको उमेरमा विवाह भएको अलि–अलि थाहा छ अरे’ त्यतिबेला मैतालुमा बेहुली पु¥याउन लगेनन्, ३ दिन लागेर घर–पु¥याएको उनले भनिन्–‘डाँडामा हिउँ थियो, वालक थिएँ , आमाबुबाको माया लागेर माइत नै गए ।’ आफ्ना पति २१ वर्ष हुँदा मेरो उमेर ९ वर्षमा बुहारी भएर भित्रिए, १३÷१४ वर्षको उमेरमा १८ जनाको परिवारलाई खुसी पारेर बस्दा, कति हो कति बुहार्तन खपेको ।’ उनले भनिन–‘अहिलेको बुहारीलाई त केही पनि खप्नु पर्दैन ।’ ८ वर्ष अघि आफ्ना पति दुर्गाप्रसाद ढकाल गुमाएपछि छोरा–बुहारीले खान–लाउन अत्यन्तै राम्रो गरेको उनले सुनाइन । अहिलेका कुरा सम्झिदै भनिन– ‘पहाडमा गाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होला लागेकै थिएन । लुगा कपडा आफै बुन्ने, एउटै घरमा ७÷८ वटा भैसी पाल्ने त्यहाँका स्थानीयको जीवनशैली थियो, समय बदलिएसँगै धेरैको पेसा पनि परिवर्तन भयो । त्यतिबेला १० दिनको बाटो हिँडेर नुन ल्याएर गुजारा चलाएका अहिले घरआगनबाटै नुन किन्छन ।’ तिब्बतको भोटबाट घामपानी र भोकनिन्द्रा सम्झदा अझैपनि थकित महसुस हुन्छ ।’ गंगादेवीले भनिन् ‘१५ किलोसम्म घ्यू बोकेर तिब्बतको भोट बजारमा बेच्यौँ । त्यसबाट आएको पैसाले नुन किनेर ल्याउँथ्यौँ । अहिले सबै सुविधा गाउँघरमै आइपुगेको छ । ‘काम गर्दा प्रेसर र मुटुको समस्याले सताएको उनले भनिन् । ‘हिड्न डुल्न सकिन्जेलसम्म हिँड्ने हो, अब मेरा छोराछोरी सबैले राम्रो हेरविचार गरेको भेटमा सुनाइन । सरकारले सामाजिक भक्त बढाएकोमा खुसी व्यक्त गर्दै भनिन्–‘सरकारको यो कामलाई सबैले सलाम गर्नैपर्छ, अझ बढाओस् हामीजस्ता वृद्धालाई थप सहयोग पुग्नेछ । उनले अन्त्यमा जानेको भजन सुनाउन भ्याइन् ।

‘राम–राम जप्ता–जप्तै जाउ परमधाम
देह त्यागी यो लोक जाँदा पछि लागोस् काम
धन–दौलत प्राप्ति पुत्र बाँचुन्जेलसम्मका साथी
आफूसित जाने छैनन् स्वर्ग जाँदा माथि ।’

सम्बन्धित खवर