मृदुभाषी दिलिपकुमार : प्रदेशको परिचय बदल्ने मार्गचित्र सहित चुनावी मैदानमा - Crazysaptahik.com

मृदुभाषी दिलिपकुमार : प्रदेशको परिचय बदल्ने मार्गचित्र सहित चुनावी मैदानमा

  • सन्तोष राई

मृदुभाषी दिलिपकुमार राई (किशोर) २० वर्षपछि भएको स्थानीय तहको चुनावमा निर्वाचित पथरीशनिश्चरेका प्रथम मेयर हुन् ।

साना ठूला सबैसँग अत्यन्तै मिलनसार, मृदुभाषी राई नगरपछि प्रदेशको परिचय बदल्न र विकासका लहर फैलाउन आफ्नो मार्गचित्र सहित चुनावी मैदानमा होमिएका छन् । उनी नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यका उम्दा उम्मेद्वार हुन् ।

उनले वि.सं. २०३९ मा रतन्छा गाउँपालिकाको साकेला माध्यमिक विद्यालयको अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिमा ‘डेब्यु’ गरेका हुन् । त्यसपछि वि.सं. २०४२ देखि अनेरास्ववियु खोटाङको सचिव हुँदै अध्यक्षको जिम्मेवारी वहन गरी उनी परिपक्वता ल्याउने ध्याउन्नमा अनवरत लागिरहे । त्यसताका पञ्चायत विरुद्धको आन्दोलनमा सार्वजानिक मुद्दा, १६ दिनसम्म कस्टडीको बसाइँ खेप्दा पनि विद्यार्थी राजनीतिको हुटहुटीमा कहिले कमी आएन उनमा ।

उनी विगत सम्झन्छन् – पञ्चायत विरुद्धको आन्दोलनकै क्रममा मेरो नाङ्गो शरीरमा सिस्नुले हानेको । धेरैबेर सिस्नुले हानेपछि त चिलाएको ठाउँमा कन्याए जस्तो पो हुने । पत्रिकाको नाम बिर्सिएँ तर, एउटै पत्रिका पढ्न १५ देखि २० जनाले पालैपालो पढ्नुपर्ने स्थिति थियो । त्यही पत्रिकाले राजनीतिमा सक्रिय गरायो ।’ कार्यक्रमका लागि रमेश राईसँगको यात्राको क्रममा खोलाले बगाएको समय– ‘मरे भन्ने लागेको थियो । तर, संयोगवश जता पानी बग्यो उतैतिर म बगेछु । र, पानीले खोला बाहिर उछिटाएर मलाई निकाल्यो अनि म बाँचे । भिजेको लुगा सुकाउने क्रममा गोजीमा एउटा कागजको चिरकटो रहेछ । त्यसमा साथीले लेखिदिएको रहेछ–‘भर्खरै माथिल्लोपट्टि झोलुङ्गे पुल बनेको छ है भनेर । एकदमै हतार हुन्थ्यो त्यो बेला बोल्दा अरुले सुन्छन् कि भनेर फटाफट हिडेका थियौं हामी ।’ यसरी अनेकन परिस्थितिसँग पौठेजोरी खेल्दै दिलिपकुमार अघि बढी नै रहे ।

त्यसपश्चात् उनी वि.सं. २०४३ सालमा अध्ययनको सिलसिलामा मोरङको पथरी झरे, काका राजबहादुर राईसँग बसाइँ पथरीमा अध्ययन सँगसँगै राजनीतिमा लागि नै रहे । वि.सं. २०४५ सालमा काठमाडौं टेके । कानुन विषय लिएर अध्ययन सुरु गरे । त्यसबखत २०४३–२०४६ वाम गठबन्धनको आन्दोलनमा उनी पनि सक्रिय रहे ।

यस्तै जीवन भोगाइको दौरानमा राई पुनः पथरी फर्के । वि.सं. २०४८ मा नेकपा एमाले पथरी गाउँ कमिटीको सदस्य तीन कार्यकाल, इलाका कमिटी २ कार्यकाल, एक कार्यकाल क्षेत्रीय कमिटीमा रहँदै जिल्ला कमिटीमा ३ कार्यकाल बिताए । हाल उनी नेकपा एमालेका प्रदेश कमिटी सदस्य रहेका छन् भने नगरको निवर्तमान नगर प्रमुखको कार्यभार सम्हालिसकेका छन् ।

यी र यस्तै अनुभवले मृदुभाषी र परिपक्क दिलिपकुमारलाई आँखामा राख्दा नि नबिझाउने ‘लालगेडी’को संज्ञा दिन्छन् दिग्गज नेताहरू । यति मात्र होइन उनी आफ्नो विपक्षमा बोल्ने जो कोहीसँग पनि कहिले जाइलाग्दैनन् । बरु आइलाग्नेसँग नि हाँसेरै बोल्ने र तार्किक उत्तर दिन नै प्रयत्न गरिरहेका हुन्छन् । यस पटकको चुनावमा उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेखरचन्द्र थापा थिए । अफसोच ! थापाको निधन भयो । थापाको निधन हुनुअघि उनले मन्तव्यको क्रममा थापाप्रति कुनै नराम्रो शब्द र आक्षेप लगाएनन् । मात्र आफूलाई मत दिन अपिल गरिरहे । थापाको निधन भएपश्चात् दिलिपकुमारले भावुक हुँदै आफ्नो फेसबुक वालमा थापाप्रति श्रद्धाञ्जली अर्पण गरे । अहिले उनका प्रतिद्वन्द्वी मानबहादुर लिम्बु छन्, उनको बारेमा नि कुनै कटाक्ष गरेका छैनन् ।

अब भने ‘समृद्ध नेपाल, सुखी नेपाली ! तीव्र विकास, समृद्धि लोकतन्त्र, राष्ट्रियता र सुशासनः नेकपा (एमाले)लाई बहुमतका लागि ‘सूर्य’मा मतदान !, भन्ने मूल नाराका साथ प्रदेश सभा निर्वाचन २०७९ प्रतिबद्धतापत्र लिएर चुनावी मैदानमा छन् । उनलाई प्रदेश (क)को कार्यभार सुम्पिने तपाई हाम्रै काँधमा छ, मंसिर ४ गते ।

उनले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई विजयी गराउन अनुरोध गर्दै पार्टीले सार्वजानिक गरेको प्रद्धिबद्धतापत्र सहित प्रदेश (क)का लागि आफ्ना थप भिजन या भनौ मार्गचित्र प्रस्तुत गर्दै आइरहेका छन् । र, त्यो मार्गचित्र पूरा गर्ने अठोट छ उनमा किनकि यसअघि नगर प्रमुखको जिम्मेवारी वहन गरेका उनले कुन ठाउँमा प्रदेशको बजेट लगाउने र विकास गर्ने भन्ने विस्तृत जानकारी उनको दिमागमा फनफनी घुमिरहेको छ ।

उनी नगर प्रमुख रहँदा गरेका कार्यहरु र अधुरा रहेका कार्यहरु अहिले पूरा भइसकेका छन् । उनको मार्गचित्रमा मोरङ क्षेत्र नं. ३ (क) प्रदेशको सम्भव हुने योजनाहरु मात्र समावेश गरिएको छ । पाँच वर्षे प्रतिवद्धता–२०७९ मा आधुनिक र व्यवसायिक कृषि, कृषि उत्पादनबाटै दिगो समृद्धि, यथेष्ट र अटुट सिँचाइ, पक्की सडक, पुल र यातायात, पर्याप्त र अटुट ऊर्जा तथा विद्युत, स्वच्छ, सुन्दर वन तथा वातावरण, सर्वसुलभ जनस्वास्थ्यको आकांक्षा, सभ्य, सीपमूलक र व्यवसायिक शिक्षा, स्वास्थ्य खेलकुद तथा सिर्जनशील युवा, सम्मानजनक श्रम तथा रोजगारी, विश्वासनीय सूचना तथा सञ्चार, महिला, अपाङ्गता, दलित, जेष्ठ नागरिक तथा बालबालिकाहरुः उर्वर जमिनका अनुभवी र कर्मशील मालीहरु, स्थायी नदी कटान नियन्त्रण, उत्कृष्ट संस्कृति र सभ्यता, आधुनिक शिक्षा, जनहितकारी ऐन, कानुन र नीति निर्माण लगायत रहेका छन् ।

घरदैलो कार्यक्रमकै सिलसिलमा पथरीशनिश्चरे–१ मनोहर पार्कमा भेटिएका उम्मेद्वार राईले भने–‘यस पटक समयको कारण सबैको घर घरमा पुग्न सकिएन होला, तथापि पनि तपाईहरुले एक बराबर चार भनेजस्तै साथमा साथ काँधमा काध मिलाएर मलाई विजयी गराउनुहुनेछ । र, आशा पनि मैले त्यही राखेको छु । धन्यवाद ।’

सम्बन्धित खवर