‘छक्कापञ्जा ४’को उछाल : चार दिनमा ६ करोड हाराहारीमा कमाइ

फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो । आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक

कन्हैया सिंहको स्वरमा गजल ‘अचानक’, जसले जित्दैछ मन

प्रा. डा. कृष्णहरि बरालको शब्द रहेको ‘अचानक’ गजलले श्रोता–दर्शकको मन जितिरहेको छ । युट्युबमा रिलिज भएको दुई हप्तामा यो गजललाई १० लाखभन्दा बढी पटक हेरिएको छ । गजलमा सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वर रहेको छ । छोटो समयमै श्रोता–दर्शकको अत्यधिक माया पाएको खुसियालीमा उनीहरुले आइतबार केक काटेर

नेपाली मोडल अञ्जली लामा अभिनित फिल्मको गीत ओस्कार अवार्डमा मनोनित

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले समेत अभिनय गरेको फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको छ । यो गीतमा लामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै देखिएकी छन् । नेपाली समयानुसार आगामी मंगलबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ

रहेनन् ‘जापान टोकियो’ गीतका गायक लम्साल, शवलाई स्पेनबाट नेपाल ल्याइने

लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । लम्साल पहिल्यैदेखि बिरामी थिए । उनलाई पछिल्लो समय

सम्बन्धमा दरारको चर्चाबीच निशाको प्रष्टीकरण : म, शरद र युवान ठीकै छौं

पति शरद भेषवाकरविरुद्ध अदालतमा अंशवण्डा मुद्दा दायर गरेपछि अभिनेत्री निशा अधिकारी यतिबेला चर्चामा छिन् । उनले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सम्पतिको फाँटबारी पेस गर्न आदेश दिइसकेको छ । सामाजिक सञ्जालमा यो कुरालाई लिएर टिकाटिप्पणीहरु भइरहेका छन् । यो टिप्पणीबीच निशाले आफूहरुबीच ठीकठाक रहेको बताएकी छन् ।

रिहानाले ओस्कार अवार्डको स्टेजमा ‘लिफ्ट मी अप’ गीत प्रस्तुत गर्ने

दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी गायिका रिहानाले आगामी मंगलबार बिहान हुने ओस्कार अवार्डमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । मार्वल फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को चर्चित गीत ‘लिफ्ट मी अप’लाई उनले ओस्कारको स्टेजमा गाउने तय भएको एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । यो गीत ओस्कारको

प्रियंका चोपडा स्टारर जासूस सिरिज ‘सिटाडेल’को ट्रेलर : ‘एभेन्जर्स इन्डगेम’ निर्देशकको कमब्याक

दुई वर्षपछि अमेजन प्राइम भिडियोले अन्ततः रिचर्ड म्याडेन र प्रियंका चोपडा जोनस अभिनित महत्वाकांक्षी जासूस श्रृंखलाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक गरेको छ । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स

आठ गजलकारको संयुक्त गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक

क्रेजी संवादाता । नेपाली गजल गायनको ईतिहासमा पहिलो पटक आठ गजलकारहरु द्धारा लिखित गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक भएको छ । आफ्नो कार्यको शिलशिलामा देश बाहिर रहेर पनि नेपाली साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको को अन्तराष्ट्रिय संस्था गलज यात्राले सो गजल आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

भव्य रुपमा मनाइयो जेनिथको १४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता मोरङ । सोमबार मोरङको कानेपोखरी–६ मा रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले आफ्नो १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । शैक्षिक सत्र २०७८ मा प्रथम, द्धितीय, तृतीय हुने र वार्षिक खेलकुद प्रतियोगिता जित्ने २०५ जना बिद्यार्थीहरुलाई पुरस्कार प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी दिवस

फ्रान्सेली फुटबलर एमबाप्पेले रचे नयाँ कीर्तिमान

फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पे आफ्नो फुटबल क्लबको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पे पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट खेलिरहेका छन् । शनिवार नान्टेसविरुद्धको खेलमा २४ वर्षीय एमबाप्पेले अन्तिम मिनेटमा गोल गरेका थिए । क्लबका लागि सबै प्रतियोगितामा एमबाप्पेको यो २०१ औँ गोल थियो । यो गोलसँगै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.