ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार दोस्रो जित निकाल्न सफल भएको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईंले दुई र एरिक विष्टले एक गोल


