अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन सुरु

अभिनेता पल शाह एकवर्षपछि औपचारिक रुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर

‘हात्तीछाप’मा जोडिए विल्सनविक्रम राई, लाहुरेको भूमिकामा देखिने

फिल्म ‘हात्तीछाप’को शीर्षमध्येको एक भूमिकामा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन् । निर्माता किरण नेपाली र अभिनेता राईबीच विहिबार लिखित सम्झौता भएको छ । फिल्ममा विल्सनले लाहुरेको भूमिकामा अभिनय गर्नेछन् । विल्सनसम्म आइपुग्दा फिल्मको लाइनअप बलियो देखिएको छ । निर्माता नेपालीले बैशाख अन्त्यदेखि फिल्म छायांकन सुरु हुने जानकारी दिए ।

हिमालय लोकस्टारका अन्तिम आठजना घोषणा, को–को बाहिरिए ?

हिमालय लोकस्टारका पछिल्ला एपिसोड निकै रोमाञ्चक बनिरहेका छन् । आगामी चरणमा प्रवेश गर्न प्रतिस्पर्धीबीच होड चलिरहेको छ । बुधबार बेलुका आठजना सेमिफाइनलिस्ट घोषणा भए जसले आगामी साताको एपिसोडमा फाइनल राउण्डमा जान प्रतिस्पर्धा गर्नेछन् । लोकमाया लिम्बु र पलबहादुर सिंह बुधबारको एपिसोडबाट बाहिरिएसँगै लोकस्टारले अन्तिम आठजना प्रतियोगी प्राप्त गरेको छ ।

फ्रान्सेली राजा लुई पन्ध्रौंमा आधारित जोनी डीप स्टारर फिल्म कान्समा देखाइने

हलिउड अभिनेता जोनी डीप अभिनित फ्रान्सेली ऐतिहासिक फिल्म ‘जन डु बेरी’ आगामी महिना हुने विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । फिल्ममा डीपले फ्रान्सेली राजा लुई पन्ध्रौंको भूमिका निर्वाह गरेका छन् । मे १६ मा कान्समा यो फिल्मको हाइप्रोफाइल प्रिमियर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वपत्नी एम्बर

‘धुम ४’बाट आमिर खानको पुनरागमन तयारी

‘लालसिंह चड्डा’ असफल भएपछि बलिउड अभिनेता आमिर खान फिल्म करिअरबाट टाढा छन् । केही समय फिल्म नगर्ने घोषणा गरेका थिए । आशा राखिएको फिल्म नै फ्लप भएपछि यसले आमिरलाई ठूलो धक्का पुयाएको छ । यतिबेला भने ‘थ्री इडियट्स’ अभिनेतालाई लिएर बलिउडमा नयाँ खबर छ । भारतीय संचारमाध्यमका अनुसार यशराज ब्यानरले

जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित

जावलाखेल शीर्ष स्थानमा उक्लिदा चर्च ब्वाइज बराबरीमा रोकियो

सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई शुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो । निकै रोमाञ्चक र

पेरिस ओलम्पिक छनोटमा सुखद् नतिजाको अपेक्षा लिएका छौं– प्रशिक्षक थापा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एशिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग सुखद् नतिजाका लागि खेल्ने बताएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजना भएको खेल अघिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक थापाले फिफा वरियतामा नेपाल

बराबरीमा रोकियो टोटनहम

लण्डन । माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १–१ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै एभर्टनका मिडफिल्डर अब्दुलये डोकुरेले रातोकार्ड पाउँदै मैदानबाट

समय अभावले सन्दीपको मुद्दामा सुनुवाइ भएन

सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाडौँले जनाएको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.