
सी स्वागतको लागि २० करोड रुपैयाँ सजावटमा मात्रै
क्रेजी साप्ताहिक पथरी । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि शुरु भएको दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।