
किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुनसक्ने आशंका
क्रेजी साप्ताहिक विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरीको रामधुनी–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेका