पथरीमा र्‍यापर लाउरेको बबाल क्रेज

क्रेजी संवाददाता पथरी । र्‍यापर  आशिष राना मगर ‘लाउरे’ले सोमबार बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा आफ्नो बबाल प्रस्तुति दिए । रातो के.एन. कारमा आफ्ना सहयोगी सहित महोत्सव सवार गरेका लाउरेको ‘क्रेज’ पथरीमा थेगिनसक्नु थियो । महोत्सवमा टिकट काटेर पनि भित्र छिर्न दर्शकहरुलाई हम्मेहम्मे परेको थियो । युवा माझ लोकप्रिय

पथरीशनिश्चरेमा तमु लोसार भब्यताका साथ सम्पन्न

पथरी –  मोरङको पथरीशनिश्चरेमा ‘गुरुङ जातिको तमु लोसार पर्व भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद शुनिलकुमार शर्माले आफू गुरुङ जातिको उत्थान र गुम्बाको विकासको निम्ति सधैं प्रतिवद्ध भएर लाग्ने बताएका छन् । ल्होसारको अवसरमा मोरङको पथरीशनिश्चरे वडा नं १ मा अवस्थित तमु

पथरीशनिश्चरे मिनी महोत्सवमा टंक बुढाथोकी असोक दर्जी र एआर बुढाथोकीले तताउने

ईस्वर दुलाल पथरी– सुनाखरी युवा क्लवको आयोजनामा पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा भोली गायक तथा संगितकार टंक बुढाथोकी, भाइरल गायक असोक दर्जी र एआर बुढाथोकीले तताउने भएका छन् । महोत्सवमा बुढाथोकी र दर्जीले मनबिनाको धन ठुलो...., कसरी कसरी..., चौरीको चाम्रो छुर्पी.., सिम्पल डिम्पल..., तोरी तेल लाएर..., घण्टि बज्यो..., लगायतका हिट

नेपाल शिक्षक महासंघद्वारा सेवा निवृत्त शिक्षकहरु सम्मानित

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे नगरले २२ जना सेवा निवृत्त शिक्षक / कर्मचारीहरुलाई सम्मान गरेको छ । आज पञ्चायत माविमा सेवा निवृत्त जीवन सुःख, शान्ति, सु–स्वास्थ्य र सामाजिक कार्यमा बितोस् भन्ने कामना सहित सम्मान पत्र, दोसल्ला र टिका लगाएर सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा भगत थपलिया,

पथरीमा राजेश पायल राईको सांगीतिक धूम

सन्तोष राई चर्काे म्युजिक, निक्कै सकपूर्ण तरिकाले टिकट लिएर प्रवेश गेटमा खचाखच मान्छेको भिड, मौसम चिसो भएनि गर्मीको आभाष हुन्थ्यो उपस्थित क्राउडले । यस्तो वातावरण थियो बुधबार बेलुका– पथरीशनिश्चरे मिनी महोत्सव २०७९ को । अघिल्लो दिनदेखि नै चर्चित गायक राजेश पायल राई प्रस्तुतिको लागि आउने सूचना पाएका पथरीवासी ७ः३० बजेदेखि

पथरीशनिश्चरे वडा नं. ५ र ६ मा पशुपन्छी पालन तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ मा मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिमको आज समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको सो तालिम पुस ११ गतेदखि १३ गतेसम्म सञ्चालन भएको हो । वडा नं. ५

पथरीशनिश्चरे वडा नं. ८ द्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. ८ ले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत वडाका ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । जसमध्ये पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत २२ जनालाई ५ हजारका दरले र बुद्ध मावि कक्षा ११, १२ मा अध्ययनरत १४ जनालाई २८ सयका दरले छात्रवृत्ति प्रदान

केराबारीमा मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव हुने

क्रेजी संवाददाता केराबारी । ‘ऐतिहासिक, धार्मिक , साँस्कृतिक मच्छिद्र मेलाको पहिचान, कृषि र आन्तरिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव हुनेभएको छ । केराबारीमा प्रवेशद्वार (डिजिटल गेट) निर्माणार्थ मोरङको केराबारीमा यही पुस १३ गतेदेखि १९ सम्म महोत्सव लाग्ने भएको हो ।

प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)ले आयोजना गरेको खेलकुद कार्यक्रम आइतबार समापन भएको छ । पथरीशनिश्चरेमा रहेका निजी विद्यालयहरुको संगठन प्याब्सनको आयोजनामा अन्डर १५ फुटबल (पुरुष) र भलिबलमा पुरुष र महिलाहरुको तीन दिनसम्म प्रतियोगिता भएको थियो । प्रतियोगिताको फुटबलतर्फको फाइनल आइतबार भएको

पथरीशनिश्चरेमा प्याब्सन नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७९

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तरगर्तको अन्डर १५ फुटबल प्रतियोगिता सुरु भएको छ । पथरीशनिश्चरे–२ मा अवस्थित देविगञ्ज फुटबल मैदानमा सुरु भएको आजको खेलमा न्यू पेगोडा, बालजागरण, रेडस्टार, सुपब, मोरङ मेरिगोल्ड र बाल्मीकि बोर्डिङ स्कुल प्रतियोगिताको क्वाडर फाइनलमा प्रवेश गरेका छन्