आगामी फिल्ममा रेखा र पूजाको सहकार्य पक्का, निर्देशकमा देउजा

अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि नै बाहिरिएको थियो । त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् ।तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म

‘नाइँ नभन्नु ल ६’ को गीतमा रोमान्टिक आँचल र आशिर्वाद

आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नु ल ६’ को गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा आँचल शर्मा र डेब्यु ब्वाय आशिर्वाद बराल फिचर्ड छन् । गीतले यी दुई शीर्ष पात्रको सम्बन्धबारे खुलासा गर्छ । यी दुई ‘लभ इन्ट्रेस्ट’को रुपमा देखिएका छन् । आशिर्वादले

मध्यपूर्वमा ‘छक्कापञ्जा ४’को आक्रामक ओपनिङ, विदेशी फिल्ममा भन्दा बढी दर्शकको चाप

नेपाली फिल्म ‘छक्कापञ्जा ४’ले मध्यपूर्वमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । यूएई, कतार, ओमान र बहराइनमा फिल्मको सप्ताहन्त अकुपेन्सी शतप्रतिशत देखिएको छ । गत शुक्रबारदेखि यो फिल्म ती मुलुकका ५० पर्दामा रिलिज भएको हो । बलिउड र हलिउडको परम्परागत बजार मानिएको मध्यपूर्वमा ‘छक्कापञ्जा ४’लाई स्थानीय मल्टिप्लेक्स हलहरुले आकर्षक संख्यामा

सृष्टि, अरुण र शुभेच्छा अभिनित फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक

  चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् । बाघठाटा फ्याक्ट्रीको ब्यानरमा फिल्म बनेको हो । ट्रेलरले फिल्मको केन्द्रीय कथावस्तुको खुलासा गरेको छ, जसमा त्रिकोणात्मक सम्बन्धलाई चित्रण

‘बिहे पास’को गीतमा दयाहाङ र प्रकृतिका प्रेमको कुरा

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनिक भएको छ । रोमान्टिक गीतमा यी दुई कलाकारले मायाको भाव साटासाट गरेका छन् । प्रवेश मल्लिकको संगीतमा अस्तित्भा कर्ण र विद्यामञ्जु तिवारीको स्वर समावेश छ । गीतमा डीपी खनालको शब्द र रामजी लामिछानेको

‘छड्के २’ फ्लप भएपछि अनमोलले भने– यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु

पछिल्लो फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् ।

विपिन कार्कीको सुझाव : स्क्रिप्ट नै छेउटुप्पो मिलेको छैन भने स्टारले अभिनय गरेर मात्र हुँदैन

आशा राखिएका फिल्म नै बक्स अफिसमा असफल हुँदा यसले तरंग मात्र सिर्जना गरेको छैन, फिल्मवृत्तमा बहस जन्माएको छ । रिलिजपूर्व निकै हल्ला गरिएको अनमोल केसी स्टारर ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो । निर्माता र वितरक स्वयंले नै अहिलेसम्म फिल्म नहेरेको बताइरहेका छन् । ‘स्क्रिप्ट नै स्टार’ शीर्षकमा समाचार

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता

‘हल्कारा’को टिजर रिलिज, फिल्म वैशाख २९ मा

हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अमेरिकी फेस्टिभल वल्र्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा मनोनित फिल्मलाई अब नेपाली दर्शकले हेर्न पाउने भएका छन् । निर्माताले आगामी वैशाख २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीबार आकर्षक टिजर सार्वजनिक गरेका हुन् । यस

‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज

‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म आज (शुक्रबार)देखि