नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को ट्रेलर रिलिज

नेपालमा छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा फिल्मले पेस गर्छ । सुरज वर्जत्य निर्देशित फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र र यहाँको मनमोहक दृश्य समेटिएको छ । अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती

नोरा फतेहीको बंगलादेश कन्सर्ट रोकियो, डलर बचत गर्न भन्दै सरकारले दिएन अनुमति

विदेशी मुद्रा सञ्चिती गर्नुपर्ने भन्दै बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीको राजधानी ढाकामा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा रोक लगाएको छ । विश्वभर विदेशी मुद्रा सञ्चितीको अवस्था भयावह भएकाले त्यसलाई ख्याल गर्दै फतेहीको कार्यक्रम रोकिएको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । त्यहाँको सांस्कृतिक मामिला मन्त्रालयले कार्यक्रम गर्न अनुमति नदिइएको भन्दै सूचना

साउथ स्टार सुकुमारनको फिल्म ‘खलिफा’ नेपालमा छायांकन गर्ने तयारी

दक्षिण भारतीय सुपरस्टार पृथ्वीराज सुकुमारनको आगामी फिल्म ‘खलिफा’को छायांकन नेपालमा समेत हुने भएको छ । केही भारतीय सञ्चारमाध्यमले नेपाल, यूएई र भारतमा फिल्म छायांकन हुने उल्लेख गरेका छन् । अभिनेता सुकुमारनको जन्मदिनको अवसर पारेर सोमबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालमा समेत फिल्म सुटिङ हुने जानकारी दिंदै कार्यकारी

सैन्य तालिम लिंदै बीटीएस ब्याण्डका सदस्यहरु, सन् २०२५ मा मात्र संगीतमा फर्कने

दक्षिण कोरियाको विश्वचर्चित सांगीतिक समूह बीटीएसका सबै सदस्य चाँडै आफ्नो देशको सैन्य सेवामा आबद्ध हुने भएका छन् । दक्षिण कोरियाको कानुन अनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवाले दुई वर्ष सैन्य तालिम लिनुपर्छ । एक जना बाहेक बीटीएस ब्याण्डका सबै सदस्यको उमेर २८ भएकाले पनि नियम पालना गर्नुपर्ने

‘दृश्यम २’ ट्रेलर : अजयको क्राइम थ्रिलर फिल्ममा अक्षय खन्नाको जबरजस्त ‘इन्ट्री’

अजय देवगण स्टारर क्राइम थ्रिलर बलिउड फिल्म ‘दृश्यम २’को ट्रेलर सार्वजनिक भएको छ । यो सन् २०१५ मा रिलिज भएको हिट फिल्म दृश्यमको सिक्वेल हो । एक रहस्यमयी हत्याको घटनामा आधारित फिल्ममा यस पटक प्रहरी अधिकृतको भूमिकामा अक्षय खन्नाको जबरजस्त प्रवेश भएको ट्रेलरले देखाउँछ । साथमा अघिल्लो श्रृंखलामा प्रहरी अधिकृतकै

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित, दीपिका नवौं स्थानमा

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । बियोन्से र किम कार्दसियन पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । संसारकै १० सुन्दर महिलाको सूचीमा भारतबाट अभिनेत्री दीपिका पादुकोण मात्र अटाउन सफल भएकी छन् । दीपिका सूचीको नवौं सूचीमा अटाएकी छन् । ग्रीक प्रविधि ‘गोल्डेन रेसियो अफ

जापानी फिल्म ‘वान पिस रेड’को नेपाली बक्स अफिसमा आक्रामक कमाइ

क्रेजी संवादाता काठमाडौं । बक्स अफिसमा फिल्म हिट हुनुले व्यावसायिक अर्थ मात्र बोक्छ वा यसको अर्को कुनै सन्देश छ ? अवश्य पनि, फिल्मको व्यावसायिक सफलताले दुई अर्थ बोकेको हुन्छ । पहिलो– दर्शकको मुड के छ ? दोस्रो– फिल्मको बजार के हो ? गत शुक्रबार नेपालमा रिलिज भएको जापानी फिल्म ‘वान

सलमानका दुई फिल्मको रिलिज डेट घोषणा, ‘टाइगर–३’ सन् २०२३ को तिहारमा

सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ । यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन्

४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक

राजश्री प्रोडक्सनको प्रतीक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ । फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । राजश्रीसँग सारिकाको यो दोस्रो सहकार्य

ह्यारी पोटरका रुबियस हेग्रिडको निधन

हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो