‘रोल्पा फिल्म छायांकनका लागि उपयुक्त स्थल बन्न सक्छ’

सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पा फिल्म छायांकनका लागि उपयुक्त स्थल बन्न सक्ने फिल्मकर्मीहरुले बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल दाङले शनिबार रोल्पाको परिवर्तन गाउँपालिका–२, राङ्सीको डाँडागाउँमा गरेको ‘बृहत चलचित्र बहस’मा उनीहरुले रोल्पा राजनीतिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले प्रशस्त सम्भावना बोकेको ठाउँ भएकाले छायांकनको पनि उपयुक्त थलो बन्न सक्ने बताए

‘जेरी २’ लुक्समा यस्तो देखिए अनमोल र आना

कतिपय दर्शकको मत के छ भने अनमोल केसी एक्सनभन्दा लभस्टोरी फिल्ममै ‘क्युट’ देखिन्छन् । हुन पनि लिड हिरोको रुपमा अनमोलको पहिलो फिल्म ‘होस्टेल’ यही जनरामा आधारित थियो । उनले टिनएज प्रेमकथाका फिल्मबाट जसरी आफ्नो छवि निर्माण गरे त्यसले जेरी, ड्रिम्स, गाजलु र ए मेरो हजुरका दुई श्रृंखलामा पनि निरन्तरता पायो

दयाहाङ र मिरुनाको ‘जारी’ वैशाख १ मा रिलिज हुने, पोस्टर सार्वजनिक

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले पुनरागमन गर्न लागेका हुन् । पोस्टरले प्रमुख पात्रको मनोदशालाई चित्रण गर्छ । ‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई

चार जनालाई आदिवासी जनजाति चलचित्र विशेष सम्मान

वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राईलाई ‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान–२०७९’बाट सम्मानित भएका छन् । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुयाएको अतुलनीय योगदानको उच्च मूल्याङ्कनसहित उक्त सम्मान प्रदान गरिएको हो

जोगिन्दर पानवाल अब फिल्मको हिरो

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ फिल्मको हिरो बन्ने भएका छन् । कलाकार तथा निर्देशक बिनोद केसीले निर्माण गर्न लागेको फिल्म ‘कबाडी’ मा उनी हिरोको अनुबन्धित भएका छन् । फिल्म अभिनय बिषयमा शनिबार कलाकार रिजाल र निर्माण युनिटबीच सम्झौता भएको छ । ठाउँठाउँमा पुगेर पुराना सामान उठाउने कबाडीको कथा फिल्मको

छोटो फिल्म ‘ब्लड मनी’बाट ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

छोटो फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ । फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो ।अन्य

विपिन र अर्पणलाई लिएर कमेडी फिल्म ‘चलचित्र’ बन्ने, चैतदेखि छायांकन

पाँच वर्षअघिको चर्चित फिल्म ‘हरि’ फेम्ड निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशकीय पुनरागमन पक्का भएको छ । यी दुईको निर्देशनमा कमेडी फिल्म ‘चलचित्र’ बन्ने भएको छ । शुक्रबार फिल्मका प्रमुख कलाकारमा विपिन कार्की र अर्पण थापा अनुबन्धित भएका छन् । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले मिलेर निर्माण गर्ने फिल्मलाई

‘एक्स नाइन’ पेश्की रकम फिर्ता गर्दै अनमोलले छाडे फिल्म 

अभिनेता अनमोल केसी फिल्म ‘एक्स नाइन : लेभल वान’बाट बाहिरिएका छन् । उनले निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफूले फिल्म गर्न नसक्ने बताए । उनले फिल्मको ‘साइनिङ अमाउन्ट’ (पेश्की रकम) पनि फिर्ता गरेका छन् । ‘उहाँहरु २०२१ को अक्टोबरमै सुटिङमा जानुपर्ने थियो । अहिलेसम्म पनि छायांकन सुरु गर्न

रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’मा बनेका थिए डीआईजी

धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए । सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाको प्रमुख भूमिका थियो । अभिनेता निखिल उप्रेतीका दाइ समेत रहेका हरिले ‘लंका’मा

स्वप्‍न सुमन फिल्मको हिरो बन्ने, दिनेश राउतको लभस्टोरी फिल्ममा अनुबन्धित

तन्नेरीमाझ रुचाइएका गायक स्वप्‍न सुमन अब फिल्मको नायक बन्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल फिल्ममा उनलाई नायकको भूमिकामा देख्न पाइने भएको हो । प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । निर्देशक राउतले गायक सुमनलाई प्रमुख चरित्रमा अनुबन्धित गरिएको जानकारी दिए ।