‘तिम्रो मेरो साथ’ साम्राज्ञीले छाडेर किन गरिन् अर्को फिल्मको प्रचार ?

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म ‘तिम्रो मेरो साथ’ को प्रचारमा राम्रै खटिएकी थिइन् । निर्माण युनिटले आयोजना गरेको कार्यक्रमदेखि फिल्मको प्रचारमा आयोजित मोफसल टुरमा समेत उनको सहभागीता थियो । फिल्म रिलिजको भोलिपल्ट भने उनी ‘तिम्रो मेरो साथ’ छाडेर यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘ह्यारी कि

रेखा र पूजाले नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् ?

अभिनेत्रीयद्वय रेखा थापा र पूजा शर्माले महिला सशक्तीकरणसम्बन्धी कथावस्तुमा बन्न लागेको एक फिल्ममा सहकार्य गर्ने संकेत देखिएको छ । वैशाखदेखि छायांकन सुरु हुने भनिएको फिल्मलाई आगामी तीज पर्वमा रिलिज गर्ने योजना छ । पटकथा लेखनको प्रारम्भिक चरणमा रहेको फिल्मको शीर्षक भने तय भइसकेको छैन । पटकथा लेखक शिवम् अधिकारीले रेखा

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बन्ने, मुख्य भूमिकामा प्रदीप खड्का र आर्यन सिग्देल

शहीद गंगालाल श्रेष्ठमाथि फिल्म निर्माण हुने भएको छ । ‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा प्रदीप खड्का र आर्यन सिग्देलको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई विमला केसी लगायतले निर्माण गर्दैछन् । फिल्मले राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथा भन्छ । ‘प्रकाश’ लेखक विकास सुवेदीले अहिले पटकथा

लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने

राविश्व बजारमा नेपाली फिल्मको प्रवर्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । ‘थर्डआइ’ ले आयोजना गर्न लागेको फेस्टिभल ८ दिन चल्नेछ । फेस्टिभलमा एकदर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरुलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्डआइका निर्देशक

विपिन कार्की ‘भगवत् गीता’को नायकमा अनुबन्धित

झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को नायकमा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् । माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा विपिनले नायककै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार

आनाले अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने ‘जेरी २’मा

फिल्म ‘जेरी २’का प्रमुख कलाकारको समीकरण पूरा भएको छ । मंगलबार बेलुका आना शर्मा फिमेल लिडमा अनुबन्धित भएकी छन् । निर्माण कम्पनी र अभिनेत्री शर्माबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि अर्को लिड फिमेलमा पूर्णिका सिंजापति तय भएकी थिइन् । प्रमुख अभिनेतामा अनमोल केसी पनि फाइनल छन् । निर्माता

३८ वर्षपछि भुवनले खुलाए ‘कुसुमे रुमाल’ र दीपा झाबारेका रोचक किस्सा

३८ वर्षपछि अभिनेता भुवन केसीले आफ्नो सुपरहिट फिल्म ‘कुसुमे रुमाल’लाई लिएर रोचक खुलासा गरेका छन् । सन् १९८५ मा रिलिज भएको यो फिल्मको नायिकामा तृप्ति नाड्कर नभएर सुरुमा दीपा नारायण झाले साइन गरिसकेको उनले बताए । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएकी नेपाली तथा बलिउड पाश्र्वगायिका समेत रहेकी झाकै सामुन्ने

साम्राज्ञीलक्षित सन्तोष सेनको कटाक्ष : फिल्मलाई जन्माएर अलपत्र छाड्ने प्रवृत्ति

अभिनेत्री साम्राज्ञी शाह प्रत्येक पटक फिल्म रिलिजसँगै विवादको केन्द्रमा हुने गर्छिन् । हलमा यतिबेला उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको छ । यो फिल्मको रिलिजअघिको प्रचारप्रसारमा साम्राज्ञीले खुबै समय दिएकी थिइन् । तर रिलिजपछि फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीको आलोचना भइरहेको छ । ‘प्रेमगीत ३’ फेम्ड निर्देशक सन्तोष सेनले

बिहीबारदेखि उपत्यकामा ‘सरी मम’ रिलिज हुने

फिल्म ‘सरी मम’ यही माघ ५ गते अर्थात अगामी बिहीबारदेखि उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ । लागु औषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको फिल्म दर्शकको चाहनाअनुसार उपत्यकामा मात्र रिलिज गर्न लागेको निर्माता विनोद लामाले बताए । फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने समेत निर्माण टिमले बताएको छ

सविनले पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने

अभिनेता सविन श्रेष्ठ फिल्मसहित निजी कारणले पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले आफूले अभिनयबाट प्राप्त हुने पारिश्रमिकको १० प्रतिशत कलाकार संघलाई दिने घोषणा गरेका छन् । माघ १ गतेदेखि आफूले अभिनय गर्ने फिल्म, म्युजिक भिडियो, विज्ञापन र यसै क्षेत्रसँग सम्बन्धित