फिल्म ‘सिटामोल’मा सौगात र बेनिशाले जोडी बाँध्ने

आगामी फिल्म ‘सिटामोल’मा सौगात मल्ल र बेनिशा हमाललाई स्क्रिन कपलको भूमिकामा देख्न पाइने भएको छ । आगामी सातादेखि छायांकन तयारीमा रहेको फिल्मलाई राजबहादुर सानेले निर्देशन गर्नेछन् । शनिबारदेखि फिल्मको गीत ‘झुम्का कानै’मा रेकर्ड थालिएको छ । ‘सिरुपाते जुंगा’मा फेम्ड बाबुल गिरीको संगीत तथा एरेन्जमा गीत रेकर्ड सुरु भएको हो ।

‘क’ बाट कछुवा पढाउँदै प्रियंका

वैशाख १ गते प्रदर्शनमा आउन नसकेपछि १५ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म हो ‘नाइँ नभन्नू ल ६’ । फिल्मको ‘क’ बाट कछुवा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बेनिशा पौडेलको स्वर, डा. सुबोधकुमार पोखरेलको शब्द तथा भुपेन्द्र रायमाझीको संगीत गीतमा छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका

दर्शक भेट्न मोफसल यात्रामा निस्किए धिरज–जसिता

‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट रिलिज हुने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका मुख्य कलाकार अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ मोफसल यात्रामा निस्किएका छन् । फिल्मको प्रचार गर्दै दर्शकसँग साक्षात्कार गर्न उनीहरू बिहीबार मोफसल यात्रामा निस्किएका हुन् । बुटवलका दर्शकसँग उनीहरुले शुक्रवार भेटघाट गर्ने निर्माणपक्षले

‘जारी’ हिट भएपछि मिडियासामु दयाहाङ र मिरुना, सुनाए छायांकनका रमाइला अनुभव

फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे चर्चा गरे । निर्देशक सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन जिउने महिलाहरू लिम्बू समुदायमा रहेको बताए ।

आमाको मुख हेर्ने दिनमा फिल्म ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक

मातातीर्थ औंसीको अवसरमा फिल्म ‘गणपति’ले ‘ए मेरी आमा’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक गरेको छ । जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतले आमाको महत्व र भावनालाई चित्रण गर्छ । निर्देशक अधिकारीले नै शब्द र संगीत रहेको गीतमा प्रविन बेडवालको स्वर छ । गीतमा फिल्मका शीर्ष कलाकार चित्रित छन्

कालिन्चोक पुगेर रोमान्टिक बने गौरव र नम्रता

राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ युनिट बुधबार कालिन्चोक पुगेको छ । फिल्ममा रहने ‘तिमी वर म पिपल’ बोलको गीत छायाङ्कनका लागि निर्माण युनिट कलाकार सहित कालिन्चोक पुगेको हो। कालिन्चोकमा गीतको बिहानैदेखि सुटिङ सुरु भएको छ । गीतमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारीको अभिनय छ । निर्माण

‘सकम्बरी’ गीतकी मोडल भन्छिन्– अब फिल्ममा काम गर्ने चाहना छ

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर यतिबेला चर्चा र विवाद दुवै भइरहेको छ । यसको केन्द्रमा छिन् मोडल कुसुम शर्मा पनि । पेशाले नर्स उनलाई पहिलो गीतले नै लाइमलाइटमा ल्याइदियो । गीतिकथा शैलीमा तयार पारिएको यो गीतमा कुसुमले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।विपन्न गाउँले परिवारबाट मोडल बन्ने र पैसा

‘ह्याट्रिक’को पर्खाइमा दयाहाङ–मिरुनाको जोडी

बक्स अफिस तथ्यांकलाई आधार मान्दा दयाहाङ राई र मिरुना मगरको जोडी अहिलेको नेपाली फिल्मको सबैभन्दा हिट ‘स्क्रिन कपल’ हो । २०७९ सालमा रिलिज भएको ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाएको हिसाब छ, जुन फिल्ममा यी दुईको शीर्ष भूमिका थियो । यी दुईले जोडी बाँधेको

सुनिल थापा र भोलाराज सापकोटा स्टारर सिरिज ‘ब्रह्माण्ड’को छायांकन पोखरामा सुरु

नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले फिचर फिल्म ‘म’पछि यो सिरिजको निर्माण गरेको हो । स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो । आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । नाटककार रियाजले

चलचित्र विकास बोर्डले ६ कथानक र ६ छोटा फिल्म निर्माणमा सघाउने (सूचीसहित)

फिल्म निर्माणमा प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको स्टोरी बैंकका लागि यस वर्ष ६ वटा कथानक र ६ वटा छोटा फिल्म छानिएका छन् । बोर्डले सूचना जारी गर्दै छानिएका फिल्मको सूची सार्वजनिक गरेको छ । कथा र पटकथाको मूल्यांकनको आधारमा यी फिल्म छानिएको बोर्डले जनाएको छ । स्वदेशी फिल्मको