
दीपकराज गिरीको नयाँ फिल्मको छायांकन भदौदेखि, साउन १ देखि हल सञ्चालन हुने
‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ । आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित