किमसँग डिभोर्सपछि कान्ये वेस्टले गरे फेसन डिजाइनर बियान्कासँग विवाह

कान्ये वेस्ट र बियान्का सेन्सोरीबीचको सम्बन्धको समयरेखा अझै अस्पष्ट छ । तर पछिल्लो समय उनीहरुको विवाहको खबरले सबैलाई चकित बनाएको छ । किम कार्दसियन र कान्येको सम्बन्धविच्छेद भएको लगभग दुई महिनापछि २४ पटकको ग्रामी विजेता रहेका कान्येले सेन्सोरीसँग विवाह गरेको खबर बाहिरिएको थियो । फेसन डिजाइनर समेत रहेकी सेन्सोरीको परिवार

जेम्स क्यामरुन र राजामौलीबीच भेट, ‘अवतार’ निर्देशकले दुईपटक हेरे ‘आरआरआर’

ओस्कार अभियानमा व्यस्त भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै उनीसँगको तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् । क्यामरुनले आफ्नो फिल्म ‘आरआरआर’ दुईपटक हेरेको र श्रीमतीलाई एकपटक हेर्न सिफारिस गरेको बताएको राजामौलीले उल्लेख

सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो

पूर्वपति जेरार्ड पिकेले आफूलाई धोका दिएको भन्दै गायिका सकिराले सार्वजनिक गरेको नयाँ गीतले युट्युवको रेकर्ड तोडेको छ । डिस ट्रयाक ‘आउट अफ योर लिग’लाई अपलोड भएको २४ घण्टामै ६३ मिलियन पटक हेरिएको छ । उक्त अवधिमा धेरै हेरिने ल्याटिन गीतको कीर्तिमान यसले रचेको छ । ४५ वर्षीया गायिका सकिरा १०

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । ५४ वर्षिया प्रेस्लेको बिहिबार निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा उनको निधन भएको हो । लिसाकी आमा प्रिसिला प्रेस्ली चर्चित अभिनेत्री हुन् । उनी केही दिन पहिले गोल्डन ग्लोब अवार्डमा सहभागी भएकी थिइन् । उनी

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’ सन् २०२२ मा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ । मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरणअनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ । फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र

नेपालमा ‘अवतार २’को कमाइ ९ करोड ग्रस नाघ्यो

  हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले चार सातामा नेपाली बक्स अफिसमा ९ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । ट्वेन्टिथ सेन्चुरी स्टुडियोको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चौथो आइतबारसम्म फिल्मले उक्त आँकडा पार गरेको जनाएको हो । उक्त कमाइ गर्दै ‘अवतार २’ कोरोना भाइरस महामारीयता

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन

राखी सावन्तले गरिन् प्रेमीसँग कानुनी विवाह

‘बिग बोस’ फेम्ड बलिउड सेलिब्रिटी राखी सावन्तले प्रेमी आदिल खानी दुर्रानीसँग कानुनी विवाह गरेकी छन् । यी दुई जना लामो समयदेखि रिलेसनसिपमा रहेको र बेलाबेलामा एकसाथ सार्वजनिक कार्यक्रममा पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राखीले आफ्नो इन्स्टाग्राम ह्याण्डलमार्फत सार्वजनिक गरेका विवाहका तस्वीर अहिले भाइरल बनिरहेका छन् । तस्वीरमा राखी

यशराजले तोक्यो ‘पठान’को नेपाल राइट डेढ करोड भारु

शाहरुख खानको आगामी फिल्म ‘पठान’को नेपाल अधिकार खरिद गर्न वितरकमाझ होडबाजी सुरु भएको छ । यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ल्याउन नेपालका चार वितरण कम्पनीले अग्रसरता लिएका छन् ।जसमा सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्ट

‘आरआरआर’ मौलिक गीत विधामा उत्कृष्ट गोल्डेन ग्लोब्स ‘द फाबेलम्यान्स’लाई शीर्ष अवार्ड

यसवर्षको गोल्डेन ग्लोब्स अवार्ड नेपाली समयानुसार बुधबार बिहान प्रदान गरिएको छ । ‘द फाबेलम्यान्स’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ले फिल्मको विधातर्फ बाजी मारे भने ‘एबट एलिमेन्टरी, हाउस अफ द ड्रयागन र द व्हाइट लोटस’जस्ता सिरियलले टेलिभिजन कार्यक्रमतर्फ उपाधि जिते । ओस्कार अवार्डपछिको विश्व प्रतिष्ठित मानिने यो अवार्डमा भारतीय फिल्म ‘आरआरआर’को