आमा बनेपछि एङ्जाइटीसँग जुधिरहेकी छिन् आलिया : भनिन्, ‘महिलामाथि असाध्यै दबाब हुन्छ’

आलिया भट्टको व्यावसायिक र निजी जीवन आजकाल दुवै निकै व्यस्त चलिरहेको छ । पछिल्लो समय उनी आफ्नो कामका साथै छोरी राहा कपुरको हेरविचारमा पनि व्यस्त छिन् । तर आमा भएपछि आफूलाई एउटा कुराले निकै सताउने गरेको आलियाले बताएकी छिन् । ‘छोरीलाई राम्रो हेरविचार गर्न सकिरहेकी छु कि छैन’ भन्ने कुराले

सलमानले आमिर खानलाई उपहारमा दिए आफ्नो भाग्यमानी ब्रासलेट !

  आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो । सलमानको निलो स्टोन भएको एउटा ब्रासलेट छ जुन उनले वर्षौंदेखि लगाउँदै आएका छन् । अहिले यसलाई हालैको समयमा आमिर खानको हातमा देखिएको

फेसन महाकुम्भ मेटगालामा सहभागी हुने सेलिब्रिटीको टुंगो लाग्यो

विश्व फेसनको महाकुम्भ मानिने मेटगाला–२०२३ को पर्खाइ विश्वभर छ । विश्व फेसनको ट्रेण्ड स्थापित गर्ने मानिएको यो मेलामा चर्चित स्टारले भाग लिन्छन् । अमेरिकी सहर न्युयोर्कमा हुने यस वर्षको संस्करणमा सहभागी हुने सेलिब्रिटीको नाम लगभग टुंगो लागेको छ । भारतबाट आलिया भट्टले डेब्यु गर्ने भएकी छन् । यसको लागि उनी

फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हट्यो, पत्नीसहित छाडे इरान

इरान सरकारले १४ वर्षपछि विश्वचर्चित फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हटाएको छ । यो निर्णयसँगै पनाही र उनकी पत्नी ताहेरेह सईदीलाई इरान छाड्न अनुमति मिलेको छ । भेराइटी म्यागजिनले यो खबरको पुष्टि गरेको छ । सईदीले मंगलबार राति इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेकी छन्, जसमा उनी आफ्ना श्रीमानसँग कुनै

गीत चोरी मुद्दामा गायक एड शीरनले दिए न्युयोर्क अदालतमा बयान

बेलायती गायक एड शीरन आफूविरुद्ध दायर प्रतिलिपि अधिकारको मुद्दामा बयान दिन न्युयोर्क सहरको अदालतमा उपस्थित भएका छन् । उनको चर्चित गीत ‘थिंकिङ आउट लाउड’ मार्विन गेको गीत ‘लेट्स गेट इट अन’को नक्कल रहेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । गेको सन् १९७३ को हिट गीत ‘लेट्स गेट इट अन’का

नेटफ्लिक्सले दक्षिण कोरियाली फिल्म र सिरिज निर्माणमा २.५ बिलियन डलर खर्च गर्ने

स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आगामी चार वर्षमा दक्षिण कोरियाली फिल्म र टेलिभिजनको उत्पादनमा २.५ मिलियन डलर लगानी गर्ने भएको छ । लगानीको यो प्रतिबद्धता सन् २०१६ यता कोरियामा उसले खर्च गर्दै आएको रकमभन्दा दोब्बर रहेको कम्पनीले जनाएको छ । भेराइटी म्यागजिनका अनुसार नेटफ्लिक्सका सह–प्रमुख कार्यकारी अधिकृत टेड सारान्डोसले दक्षिण कोरियाका राष्ट्रपति

बीटीएस स्टार जस्तो देखिन १२ पटक अनुहार सर्जरी गरेका क्यानडेली अभिनेताको निधन

लोकप्रिय के–पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको दक्षिण कोरियामा निधन भएको छ । केही महिनादेखि उनले कस्मेटिक प्रक्रियाका जटिलता भोगिरहेका थिए । उनको उमेर २२ वर्ष थियो । उनका प्रवक्ता एरिक ब्लेकले डेलीमेलसँग कुरा गर्दै १२ पटक प्लास्टिक सर्जरीमा दुई

दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको कमाइ साढे ३ बिलियन डलर

सन् २०२२ मा दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको आम्दानीमा ३३ प्रतिशत वृद्धि भएको छ । नयाँ विवरणअनुसार उक्त उद्योगको कमाइ बढेर ३.५७ बिलियन अमेरिकी डलर पुगेको छ । ‘दक्षिण भारत : मिडिया र मनोरञ्जनमा नयाँ उपलब्धि’ शीर्षक दिइएको उक्त विवरणलाई एम एमक्यूबले तयार पारेको थियो । जसलाई हालै एक

भूमि पेड्नेकरले गरिन् हिमाल सरसफाइ अभियान घोषणा

बलिउड अभिनेत्री भूमि पेड्नेकरले हिमाल सफा गर्ने अभियान घोषणा गरेकी छन् । विश्व पृथ्वी दिवसको अवसरमा उनले हिमाली क्षेत्रको पारिस्थितिकीय संरक्षणमा काम गर्ने गैरनाफामूलक संस्था ‘हिलिङ हिमालयज’सँग मिलेर काम गर्ने योजनाबारे खुलासा गरेकी हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) दूतसमेत रहेकी भूमि अब हिलिङ हिमालयको सद्भावना दूत बन्ने भएकी

आईएमडीबीले सार्वजनिक गरे गर्मीयाममा यस वर्ष प्रतीक्षित १० भारतीय फिल्मको सूची

फिल्मको डेटा संकलन गर्ने विश्वप्रसिद्ध पोर्टल आईएमडीबीले यस गर्मीयामका बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । पोर्टलले सन् २०२३ को सुरुवाती ६ महिनामा प्रदर्शन हुने तयारीमा रहेका प्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेको हो । यो सूचीमा शाहरुख खान स्टारर ‘जवान’ शीर्षस्थानमा छ । ‘पठान’पछि ‘जवान’लाई लिएर शाहरुखमा अलग क्रेज