अपहरण र कुटपिटको उजुरी विरुद्ध बोले हनी सिंह

हालै एक इभेन्ट कम्पनीका मालिकले गायक हनी सिंह विरुद्ध मुम्बईको बीकेसी पुलिस स्टेसनमा कुटपिट र अपहरणको मुद्दा दायर गरेका छन् । बिहीबार हनी सिंहले सामाजिक सञ्जालमा आफू विरुद्ध दायर गरिएको मुद्दा झुटो र आधारहीन भएको बताएका छन् । उनले आफ्नो कानुनी टोलीले छिट्टै मानहानिको मुद्दा दायर गर्न सक्ने बताए ।

सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा

दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । अकुपेन्सीको आधारमा यो फिल्म शुक्रबार प्रदर्शनमा आएको सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’भन्दा माथि छ । जारीको दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४०

बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार

चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् । फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका उनी मुस्ताङ पुगेका हुन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् । जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए । त्यहाँ उनले स्थानीय

पामेलाको निधनका कारण सलमानको ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द

अभिनेता सालमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द गरिएको छ । भारतीय फिल्मका दिग्गज तथा दिवङ्गत निर्देशक यश चोपडाकी श्रीमती तथा गायिका पामेला चोपडाको निधनको कारण फिल्मको प्रदर्शन रद्द गरिएको हो । पामेलाको ७४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । पामेला आदित्य चोपडा र

परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह

बलिउड अभिनेत्री परिणिती चोपडा र आप पार्टीका नेता राघव चड्ढाबीचको सम्बन्धको हल्लाले बलिउड गर्माएको छ । यी दुईले खुलेर औपचारिक रुपमा सम्बन्धबारे केही बोलेका छैनन् । पटक–पटक उनीहरु सँगै देखिएका छन् र सम्बन्धलाई अस्वीकार पनि गरेका छैनन् । यसैबीच, यी दुईको सम्बन्धलाई लिएर नयाँ खबर छ । फिल्मफेयर म्यागजिनका अनुसार

धेरै कमाउने मनोरञ्जनकर्ताको शीर्षस्थानमा बेलायती रक ब्याण्ड जेनेसिस

प्रतिष्ठित फोर्ब्स म्यागजिनले संसारमा धेरै कमाउने विश्व मनोरञ्जन जगतका १० व्यक्ति र समूहको सूची सार्वजनिक गरेको छ । जसको शीर्ष स्थानमा कुनै स्टार सेलिब्रिटी नभएर एक रक ब्याण्ड छ, जसले पहिलोपटक सूचीमा आफूलाई समावेश गरेको हो । सूचीमा सांगीतिक क्षेत्रको वर्चस्व देखिएको छ । शीर्षस्थानमा रहेको बेलायती रक ब्याण्ड जेनेसिसको

‘फास्ट एक्स’ ट्रेलर : चिल्ला कारको भागदौड र खतरनाक एक्सन दृश्य

प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ दशौं श्रृंखलाको नयाँ ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एक्स’ नाम दिइएको फिल्मको ट्रेलरलाई वितरण कम्पनी युनिभर्सल स्टुडियोले बिहीबार सार्वजनिक गरेको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दर्शकले जेसन मोमोआलाई खलपात्रको रुपमा देख्न पाउँछन् ।ट्रेलरमा चिल्ला कारहरुको भागदौड र दर्शकलाई सरप्राइज दिने गरी प्रस्तुत

आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई पठायो समन

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई समन पठाएको छ । अभिषेक बच्चनले आफ्नी छोरीको स्वास्थ्यलाई लिएर युट्युब च्यानलमा चलाइएको ‘फेक न्युज’ विरुद्ध निवेदन दिएका थिए । यस मामिलामा, दिल्ली उच्च अदालतले अब युट्युबलाई आफ्नो प्लेटफर्ममा सामग्री नियमन नगरेकोमा समन पठाएको छ ।

के–पप जगतको अँध्यारो पाटो : कलिलै उमेरमा मृत्युको बाटो रोज्दैछन् कोरियाली पपस्टार

दक्षिण कोरियाली पपस्टार मुन बिनको बुधबार राति २५ वर्षको कलिलै उमेरमा निधन भयो । दक्षिणी सियोलको स्थानीय गङनम पुलिस स्टेसनको प्रारम्भिक विवरणअनुसार उनले घरमै आत्महत्या गरेजस्तो देखिएको छ । प्रहरीले उनको मृत्यु हुनुमा अन्य कारण अहिलेसम्म फेला पारेको छैन । बिनको निधनले के–पप जगत र फ्यान स्तब्ध छन् । उनको

तब्बु भन्छिन्– आमिर खानको फिल्मबाट निकालिएपछि धेरै अपमान सहें

निर्विवाद रुपमा तब्बु बलिउडकी गम्भीर र उत्कृष्ट अभिनेत्री हुन् । हिन्दी फिल्ममा उनले निर्वाह गरेको चरित्र कालजयी छन् । बलिउडबाहेक उनले दक्षिण भारतका तमिल र तेलुगू फिल्म उद्योगमा पनि नाम चम्काएकी छन् । तब्बुको पहिलो फिल्म तेलुगू भाषामा थियो, जसको नाम ‘कुली नम्बर १’ थियो र यो सन् १९९१ मा