
बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो
बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण निकालिएकी छिन् । भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार नायक तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त फिल्मबाट बाहिरिएकी हुन् । रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको