
वृद्धामाथि बलात्कार, बलात्कारपछि हत्या प्रयास
नुवाकोट- केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो