
कोरोनाबाट भारतमा मन्त्रीको निधन
कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ । संक्रमणका कारण उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि मन्त्री कमलालाई लखनऊमा अवस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो