क्यान मोरङको अध्यक्षमा कुण्डलीया चयन

क्रेजी संवाददाता विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मोरङको अध्यक्षमा प्रवीण कुण्डलीया चयन हुनुभएको छ । विराटनगरमा भएको क्यान महासघ मोरङको पाचौँ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा कुण्डलीया चयन हुनुभएको हो । यस्तैगरी उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाईं, सह–सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा सुजित झा चयन हुनुभएको छ

‘विवादरहित वनलाई वडाले सधैं सहयोग गर्नेछ’–वडाध्यक्ष राई

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राईले वडामा रहेका विवादरहित सामुदायिक वनहरूलाई वडाले सक्ने सहयोग गर्ने बताउनुभएको छ । मंगलबार पथरीशनिश्चरे–१ मा स्थापित श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष राईले सो कुरा उद्घोष गर्नुभएको हो । कार्यक्रममा सचिव स्मृता

पोर्चुगल–स्विट्जरल्यान्ड अन्तिम १६ मा भिड्दै

पोर्चुगल र स्विट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को अन्तिम १६ मा भिड्दै छन् । यो दुवैका लागि अन्तिम क्वाटरफाइनलमा स्थान बनाउने अवसर हुनेछ । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।त्यस खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित थियो । पोर्चुगल यसैक्रममा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न

वडा नं. ७ मा सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे वडा नं. ७ मा ‘सहभागितामूलक ग्रामीण लेखाजोखा’ (पी.आर.ए.) कार्यक्रम सम्पन्न भएको छ । आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना कार्यक्रम भएको हो । कार्यक्रममा वडाका सहभागीहरुको साथमा छलफल साथै अन्तरक्रिया सम्पन्न गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष उद्धवराज बस्नेत, नगर लघु उद्यम

वडा नं- ९ मा व्यवसायिक पशुपालन तालिम

क्रेजीसंवादाता पथरीशनिश्चरे,  मोरङको पथरीशनिश्चरे वडा नं- ९ को आयोजनामा गत शनिबारदेखि तीन दिने व्यवसायिक पशुपालन तालिम सुरु भएको छ । ‘समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने नाराका साथ सुरु भएको तालिम मंसिर २० गतेसम्म सञ्चालन हुनेछ । वडा अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्राविधिक सहयोग

‘धार्मिक सहिष्णुता’ वक्तृत्वकला प्रतियोगितामा सरस्वती प्रथम

क्रेजी संवाददाता पथरीशनिश्चरे । सामुदायिक विकास मञ्च (सीडीएफ) नेपाल मोरङको आयोजनामा शुक्रबार भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती कटुवालले प्रथम स्थान हासिल गरेकी छिन् । पथरीशनिश्चरे–१० मा अवस्थित वाई.एफ.सी. डान्स सेन्टरमा भएको बक्तित्व कला प्रतियोगितामा रतुवामाई नगरपालिकाको महेन्द्र माविमा अध्ययरत छात्रा कटुवाल प्रथम भएकी हुन् । यस्तै पथरीशनिश्चरे–४ को भागिरथ माविमा अध्ययरत

पथरीशनिश्चरे ९ मा निःशुल्क पशु स्वास्थ्य शिविर

क्रेजी संवादाता पथरीशनिश्चरे, मंसिर १६ पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा आज निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम भएको छ । ‘समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने मूल उद्देश्यका साथ विहान ८ बजेदेखि १२ बजेसम्म वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो । निःशुल्क पशु स्वास्थ्य शिविर

पथरीशनिश्चरे वडा नं. ८ मा सीसी क्यामेरा जडान

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा सीसी टिभी क्यामेरा जडान गरिएको छ । बुधबार वडा कार्यालय व्यवस्थापनको शीर्षकमा बिनियोजित बजेट मध्येको ९८ हजार बराबरको क्यामेरा जडान गरिएको वडाले जनाएको छ । कार्यालयलाई अझ व्यवस्थित, जनमुखी बनाउन र कागजातको सुरक्षाको लागि क्यामरा जडान गरिएको वडा

दुई दिने बेमौसमी तरकारी खेती तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दुई दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । मंसिर १४ र १५ गते वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा तालिम सञ्चालन भएको हो । तालिम समापनको दिन सहभागी कृषकहरुलाई वडाध्यक्ष राईले कृषि

शान्ति सामुदायिक वनको १४ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले स्थानीय सरकार सामुदायिक वनहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभएको छ । यस्तै विशिष्ट अतिथि उप–प्रमुख देवीमाया काफ्ले,