
साउदी अरबको रियादमा रोनाल्डो र मेस्सीको फुटबल म्याच कस्तो रह्यो ?
क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा आफ्नो पहिलो खेलमा दुई गोल गरेका थिए भने यो खेलमा लियोनल मेस्सीले पनि एक गोल गरेका थिए । तर, बिहीबार रियादमा भएको रोमाञ्चक खेलमा फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाद अदल स्टार इलेभेनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । यो साउदी अरेबियाको राजधानीमा खेलिएको