
सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ : प्रशिक्षक देसाई
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकमा मोन्टी देसाईले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको प्रतिक्रिया दिएका छन् । सोमबार नियुक्त भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् । प्रशिक्षक देसाईले भने, ‘मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा पनि बुझेको छु । उनी टिममा