
गुल्सनले यू–१९ टोलीको कप्तानी गर्ने
गुल्सन झाले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले झालाई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो । नेपालका लागि उनले ९ एकदिवसीय अन्तर्राष्ट्रिय र १ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन्