युनाइटेडको तेस्रो जित

प्रि–सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इङ्ग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३–१ अन्तरले हराएको छ । मेलबर्नमा मंगलबार युनाइटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए । प्रि–सिजन टुरमा अष्ट्रेलिया रहेको युनाइटेडको यो लगातार तेस्रो

बार्सिलोनासँग लेवान्डोस्कीको ४ वर्षको करार

बार्सिलोनाले पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई बायर्न म्युनिखबाट ४ वर्षका लागि अनुबन्ध गरेको छ । सो करारको मूल्य ५ करोड युरो रहेको बताइएको छ । ३३ वर्षीय खेलाडीको जर्मन च्याम्पियनसँग अझै १ वर्षको करार बाँकी रहेको थियो । तर, गत मे मा नै उनले आफ्नो बायर्नसँगको यात्रा सकिएको उद्घोष गरेका थिए

एसियन गेम्सको नयाँ मिति तय

१९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो । अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय

एन्फा बैठक बिहीबार

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो । साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो

सिटीका जिन्चेन्को आर्सनल जाने पक्का

स्ट्राइकर गाब्रियल जेसुस अनुबन्ध गरेको केही हप्तामै इङ्ग्लिस प्रिमियर क्लब आर्सनलले म्यानचेस्टर सिटीका डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।गत सिजन सिटीलाई लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलका दुबै खेलाडी यस पटक लन्डन क्लबमा देखिने पक्का भएको हो । युक्रेनी लेफ्ट ब्याक ओलेक्सान्डर जिनचेन्को सन् २०१६ मा पेप

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् । केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता

आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १–० को

इब्राहिमोविचले मिलानसँग गरे सम्झौता नवीकरण

ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् । स्वीडेनका भेट्रान स्ट्राइकर इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने भएका छन् ।  नयाँ सम्झौतासँगै इब्राहिमोविच २०२३ को जुन ३० सम्म मिलानमा रहने छन् । ४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए । इब्राहिमोविचले स्पेनिस क्लब बार्सिलोना हुँदै

डिबाला रोमामा अनुबन्ध हुने पक्का

अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला इटालियन क्लब रोमामा अनुबन्ध भएका छन् । डिबाललाई सोमबार क्लबमा अनुबन्ध गरेको ‘दी सन’ले जनाएको छ । इटालियन क्लब युभेन्ट्समा सम्झौता नवीकरण नगरेका डिबाला रोमामा अनुबन्ध भएका हुन् । रोमासँग डिबालाले पाँच वर्षको सम्झौता गरेका छन् । अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।

सन्दीपको आलि खानलाई जवाफ : ‘क्रिकेट सहकर्मीबाट नेपाली समर्थकलाई घृणात्मक टिप्पणीको आशा थिएन’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको प्रतिक्रियाको प्रतिवाद गरेका छन् । अमेरिकी बलर अलि खानले नेपाली समर्थक सबैभन्दा खराब भन्ने प्रतिक्रिया दिएका थिए । एक जना नेपाली समर्थकले क्रिकेट पत्रकार तथा क्रिकेट कमेन्टेटर पिटर डेला पेनाले कमेन्ट्री गर्दा