वडा नं. १० मा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन

क्रेजी संवाददाता पथरी । ‘विश्व भरिको आदिवासी जनजाति एक हौं ।’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरेमा आदिवासी जनजाति क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन भएको छ । आज पथरी शनिश्चरे वडा नं. १० को सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ १० नं. वडा समन्वय परिषद्ले कार्यशालाको आयोजना गरेको हो । सिन भिलेज

पथरी शनिश्चरेमा विपन्नको घर बनाउँदै एमालेका युवाहरू

क्रेजी संवाददाता पथरी शनिश्चरे । नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ विपन्न व्यक्तिको घर निर्माणमा जुटेको छ । मोरङको पथरीशनिश्चरे १० ऐयाबारीका विपन्न नागरिक दिलकुमार राईको घर निर्माणमा युवा संघ जुटेको हो । राष्ट्रिय युवा संघ पथरीशनिश्चरे नगर कमिटीको अगुवाईमा तीन कोठे पक्की वाल र जस्ता पाताको छानोसहितको राईको

रेडस्टारमा साकेला सिली कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा अवस्थित रहेको रेडस्टर माध्यमिक विद्यालयले बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको अवसरमा साकेला सिली कार्यक्रमको आयोजना गरेको छ । भोलिदेखि सुरुवात हुने बुद्ध पूर्णिमा तथा किरात जातिहरूको महान पर्व उभौलीको पूर्वसन्ध्यामा विद्यालयले आज आफ्नो प्राङ्गणमा सो कार्यक्रमको आयोजना गरेको हो

सुनाखरी माविमा नेपाल स्काउट दीक्षान्त समारोह तथा सम्मान कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित सुनाखरी माध्यमिक विद्यालयमा २ दिनसम्म सञ्चालन भएको नेपाल स्काउट दीक्षान्त समारोहको सोमबार समापन भएको छ । नगरपालिका भित्रको सामुदायिक विद्यालयहरु मध्ये पहिलो पटक सुनाखरी माविमा आइतबार समारोहको उद्घाटन गरिएको थियो । स्काउट दीक्षान्त समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार राई

सहमहामन्त्री फागोको पहलमा खानेपानी संघर्ष समितिलाई आर्थिक सहयोग

क्रेजी संवाददाता उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिति’लाई आर्थिक सहयोग प्रदान भएको छ । मोरङ जिल्लाको १७ वटा स्थानीय तह मध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउँपालिकाको वडा नं. २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने अभियानलाई सार्थकता दिन सहमहामन्त्री फागोको

वडा नं. ७ मा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. ७ को आयोजनामा महिला लक्षित कार्यक्रम अन्तर्गत व्यूटीपार्लर तालिमको समापन भएको छ । चैत २८ गतेदेखि सुरु गरिएको तालिमको बुधबार वडा कार्यालयको सभाहलमा समापन गरिएको हो । वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा

क्याम्प सचिवद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

क्रेजी संवाददाता मोरङ । भुटनिज शरणार्थीहरुको जीवनयापनका समस्याहरु दिगो समाधानको बिषयलाई समेट्दै झापाको बेलडाँगी क्याम्प र मोरङको पथरीशनिश्चरे क्याम्पका शिविर सचिवहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उहाँको जनसम्पर्क अधिकारी बुद्दी जिसी मार्फत् ज्ञापन पत्र बुझाएका छन् । नक्कली शरणार्थी प्रकरण भनेर कारण देखाउँदै अहिले नेपाल सरकारले जन्मदर्ता, ट्राभल डकुमेण्ट र शरणार्थी परिचय–पत्र

द भ्वाईस नेपालका विजेता विनोदलाई रेडस्टारको सम्मान

क्रेजी संवाददाता पथरी । द भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईलाई रेडस्टारले सम्मान गरेको छ । मोरङको पथरी शनिश्चरे–२ मा मा स्थापित रेडस्टार माध्यमिक विद्यालयले एक औपचारिक कार्यक्रमका बिच शुक्रबार सम्मान गरेको हो । विद्यालयले कक्षा–१२ का विद्यार्थीलाई विदाइ गर्दै हिसान प्रि बोर्ड परीक्षामा उत्कृष्ट अंक ल्याउने

नगर प्रमुखद्वारा यलम्बरको मूर्ति अनावरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१ मा यलम्बरको मूर्ति एक औपचारिक कार्यक्रमको बीच नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनावरण गर्नुभएको छ । नगरपालिकाको बजेटबाट निर्माण भएको ९ लाख ९४ हजारको ढलोट (तामा र पित्तल)को मूर्ति स्थापना भएको हो । साढे ५ फिटको यलम्बरको मूर्ति नगर प्रमुख तुम्बपोले आज अनावरण

युमा साम्यो नेपाल नयाँ कार्यसमिति सार्वजनिक

क्रेजी संवाददाता पथरी । लिम्बु समुदायमा धार्मिक तथा साँस्कृतिक कार्य गर्ने हेतु राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्था स्थापना भएको छ । सोही हेतुको साथ गठन भएको युमा साम्यो महासभाका केन्द्रीय पदाधिकारी सदस्यहरु पनि युमा साम्यो नेपालमा आएका छन् । आज मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंघा स्मृति धार्मिक वन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.