अपाङ्गता आर्थिक विपन्न व्यक्तिहरुलाई न्यानो कपडा

क्रेजी साप्ताहिक पथरी । नगरका अपाङ्गता भएका आर्थिक विपन्न व्यक्तिहरुको राहतका मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत न्यानो कपडा वितरण गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितको सहभागितामा मंगलबार वडा नम्बर ९ का १, ८ का २ जना गरी ३ जनालाई

ठेट चलचित्र ‘पुरानो बुलेट’ भोलिदेखि डिसहोममा

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट

राष्ट्रिय फुटबल टिमका पूर्ब कप्तान थापाको टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिगलाई शुभकामना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका यही साताबाट सुरुहुने ‘टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’लाई राष्ट्रिय टिमका पूर्ब कप्तान सागर थापा लगायतले शुभकामना दिएका छन् । पथरीशनिश्चरे नगरपालिका—१, जाँते मोडमा रहेको पथरी रंगलशामा मंसिर २५ गतेबाट ‘टेन्सबार्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ हुँदैछ । आइतबार अपरान्ह रंगशालामै निस्केर आयोजक टोलीलाई नेपाली

दुई जना स्वास्थ्य स्वयमसेविका सम्मानित

क्रेजी साप्ताहिक पथरी । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवसका अवसरमा शनिबार पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्ना २ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । शान्ति भूल्के सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा सावित्रा न्यौपाने र निर्मला खतिवडालाई जनही नगद ६० हजार र सम्मान पत्रले सम्मानित गरिएको थियो

पथरीको हरियालीद्वारा वन व्यवस्थापन सम्बन्धी तालिम

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन व्यवस्थापन सम्वन्धी एक दिने तालिम आयोजना गरेको छ । आफ्नो अगुवा उपभोक्ताहरूलाई वन व्यवस्थापन सम्वन्धी थप जानकारी दिने हेतुले तालिमको आयोजना गरिएको समूहका अध्यक्ष काबुलबहादुर मगर (विकास)ले जानकारी गराए । सब डिभिजन वन कार्यालय पथरीका

पत्रकार र पथरी जेसीज बीच मैत्रीपूर्ण फुटसल

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीज र सञ्चारकर्मी बीच बिहिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । पथरी जेसीजको सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार भएको प्रतियोगितामा ८–७ गोल अन्तरले पत्रकारको टिम बिजयी भएको हो । पत्रकारहरुको टिममा सन्तोष राई, अर्जुन जम्नेली राई, दिनेश सुब्बा, नवराज भट्टराई, भीमराज अधिकारी, कुमार खड्का, बिजय धिमाल,

हसन्दहमा प्रहरी पोष्टको उद्घाटन

क्रेजी साप्ताहिक पथरी  l पथरी शनिश्चरे ५ हसन्दहमा विहिबार अस्थाई प्रहरी पोष्टको उद्घाटन् भएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अगुवाईमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संयुक्त रुपमा प्रहरी पोष्टको उद्घाटन् गर्नुभएको हो । नगरको

कलाकारिताको खुड्किला चढ्दै श्रद्धा

श्रद्धा प्रसाई मोडलिङमै आफ्नो ‘करियर’ बनाउन कम्मर कसेर संघर्ष गरिरहेकी एक नव मोडल हुन् । सुनसरीबाट २ वर्ष अघिदेखि यस क्षेत्रमा संघर्ष गरिरहेकी श्रद्धा आफ्नो कार्यकुशलतले एकपछि अर्को खुड्किला पार गर्दैछिन् । २ वर्ष अघि सुनसरीमा आयोजना भएको फेशन शो बाट श्रद्धा मोडलिङमा ‘डेब्यु’ गरेकी हुन् । बाल्यकालमा विद्यालयमा योजना

पथरी शनिश्चरे फुटबल प्रिमियर लिग मंसिर तेस्रो सातादेखि

क्रेजी साप्ताहिक पथरी । अहिले मोरङको पथरी शनिश्चरे नगरपालिकाभरि कुरा फुटबलकै चलिरहेको छ । हुन कोभिड १९ ले प्रत्यक्ष असर गरेपनि स–सानो चिया पसल र चौतारीमा पथरी शनिश्चरे प्रिमियर लिग २०७७ कै कुरा चलेको देखिन्छ । कुन फुटबल क्लबमा कुन खेलाडी छन् ? कोच को हो ? र क्याप्टेन को

कार्यपालिका बैठकद्वारा विभिन्न विषयमा निर्णय

क्रेजी साप्ताहिक पथरी  l पथरी शनिश्चरे नगरपालिकाको बुधबारको कार्यपालिका बैठकले विभिन्न विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले यही मंसिर १५ गते नगर अस्पतालका लागि निर्माण हुने भवनको शिलान्यास गर्ने र अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.