नयाँ प्रशिक्षक आएपछि नेपाली टोलीले गति लियो, यही टोलीले जिम्बाबे यात्रा तय गर्छ : सन्दीप लामिछाने

स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका हुन् । उनले केही

चौथो टेस्ट बराबरी, अस्ट्रेलियासँगै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारत र अस्ट्रेलियाबीच भएको बोर्डर गावस्कर सिरिजको चौथो र अन्तिम खेल बराबरीमा सकिएको छ । योसँगै भारतले यो सिरिज २–१ ले जितेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८० रन बनाएको थियो । जवाफमा भारतले ५७१ रन बनायो । खेलको दोस्रो इनिङ्समा अस्ट्रेलियाले २ विकेट गुमाएर १७५ रन बनाएपछि खेल

चेल्सीको लगातार तेस्रो जीत

लगातार तेस्रो जीत हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा आफ्नो पुनरागमन जारी राखेको छ । शनिबार चेल्सीले लेस्टर सिटीलाई ३–१ गोलले हरायो । लेस्टरको यो लगातार पाँचौँ पराजित थियो । खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए । तर प्याटसन डाकाले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए ।

उपाधितर्फ लम्किँदै नापोली

गत हप्ता लाजियोसँग पराजित भएको नापोलीले शनिबार एटलान्टालाई हराउँदै इटालियन सिरिए ए को उपाधितर्फको यात्रालाई जारी राखेको छ । शीर्ष स्थानमा रहेको नापोली २–० गोलले विजयी भएको हो । पहिलो हाफमा एटलान्टाले नापोलीलाई रोके पनि दोस्रो हाफमा ख्भीचा क्भारात्स्खेलिया र अमिर राहमानीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। लिगमा नापोलीको

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद   स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल मैदानमा एक एक खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३०

सिटीको जितमा हालाण्डको निर्णायक गोल

अर्लिङ हालाण्डको निर्णायक गोलमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन हालाण्डले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको सिटीका लागि दोस्रो हाफमा हालाण्डले

शालाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित

मोहमद शालाहले पेनाल्टीबाट गोल गर्न नसक्दा लिभरपुल बोर्नेमाउथसँग पराजित भएको छ । पराजयसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लिभरपुलको सम्भावना धक्का लागेको छ । बोर्नेमाउथ भने रेलिगेसन जोनबाट माथि उक्लेको छ । गत हप्ता म्यानचेस्टर युनाइटेडमाथि ७–० को शानदार जीत हासिल गरेको लिभरपुल पहिलो हाफमा नै पछि परेको थियो

कोहलीको शतकको खडेरी अन्त्य

अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतीय ब्याट्सम्यान विराट कोहलीले शतक प्रहार गरेका छन् । करिब तीन वर्षपछि टेस्ट क्रिकेटमा विराटको ब्याटबाट शतक बनेको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्दा विराटले पाँच चौकाको मद्दतले शतक पुरा गरेका थिए । यसअघि नोभेम्बर २०१९ मा विराट कोहलीले बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए। यो खेल कोलकाताको

नेपालको एकदिवसीय मान्यता जोगियो, चौथो स्थानमा उक्लियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको हो । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण

ललितको कसिलो बलिङ, लिए चौथो विकेट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध नवौं सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २३ औं ओभरमा आफ्नो नवौं विकेट गुमाएको हो । नेपालका ललित राजवंसीले जनइद सिद्धगीलाई एलबीडब्लू आउट गराएका हुन् ।यसअघि नेपालका लागि गुलशन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.