एसियन कप छनोट : नेपालको विजयी सुरुवात, प्यालेस्टाइन ६–० गोल अन्तरले पराजित
दीपा शाहीको ह्याट्रिक र गरिमा राईको दुई गोलको सहयोगमा बुधवार नेपाली यु–२० महिला टोलीले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले पराजित गर्दै एसियन कप छनोट खेलमा सानदार सुरुवात गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजना हुन लागेको छनोट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक टोलीमाथि जित निकाल्न सफल


