शुभ विहानी
डा. सुर्य पराजुली शहर लमतन्न छ निदाईरहेको तर पनि जागा छ मेरो बारदली एकलास जंगल शान्त, स्निगध तर पनि धिप धिपाई रहेछ जुनकिरी, बित्दै छ समय टिक(टिक घडीका सुईसरी आज पनि हिडदै छ समय नफर्कने बाचा मारी तिमी हिड निरन्तर हिड,नडगमाउ पाखुरी धैर्य गर साथी आउँदै छ शुभ बिहानी

