
भारी मतान्तरका साथ कांग्रेस सभापतिमा देउवा विजयी
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि भारी मतान्तरका साथ निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । मंगलबार भएको मतदानको मतगणना राति