नम्रता श्रेष्ठलाई लिएर थ्रिलर फिल्म ‘ह्यासट्याग माया’ निर्माण हुने

ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो निर्माण समूहले छायांकन आउँदो सातादेखि सुरु हुने जनाएको छ ।

‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने

शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको

‘हाउगुजी’ को फष्टलुकमा के छ ?

बलात्कार पीडित युवतीको कथामा निर्माण भएको फिल्म ‘हाउगुजी’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा बलात्कार पीडित एक युवतीको मनोदशा पोस्टरमा देखाउन खोजिएको छ । दीपक परियारको निर्देशन रहेको फिल्म लुम्बिनी मुभी मेकर्सको ब्यानरमा तयार भएको हो । फिल्ममा बोम बहादुर थापा, माया थामी, सुरेन्द्र बराल, विनय उदय, विष्णु

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा

  फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई समेत रिलिज गरेका थिए । तर यसपटक ‘प्रसाद २’

शिशिर बाङ्देल स्टारर फिल्म ‘टुल्की’ जेठ १२ मा आउने, पोस्टर सार्वजनिक

हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ जेठ १२ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले बिहीबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा ‘छक्कापञ्जा ४’ तथा ‘कबड्डी’ फेम्ड अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्की चित्रित छन् । पोस्टर सार्वजनिक गरेसँगै फिल्मले प्रचार अभियान थालेको जनाइएको छ

फिल्म ‘सानीमाया’ को शुभमहूर्त

फिल्म ‘सानीमाया’ निर्माण हुने भएको छ । ८८४८ इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण गर्न लागेको हो । फिल्मको बिहिबार एक समारोहकाबीच शुभमहूर्त गरिएको छ । फिल्ममा रामचन्द्र अधिकारी, शारदा गिरि ,सावित्रा चिलवाल, राजकुमार शाह ,अर्जुन थापा ,स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल, कृष्ण प्रसाद धिताल लगायत कलाकारको अभिनय रहनेछ। राज चौधरी

‘ज्याकी : आई एम ट्वान्टी वान’ आजदेखि देशव्यापी प्रदर्शनमा

रेनशा राई राणा निर्देशित डान्स ड्रामा फिल्म ‘ज्याकी :आई एम ट्वान्टी वान’ विहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बाको शीर्ष भूमिका रहेको फिल्मलाई आइकोर फिल्म्सले निर्माण गरेको हो । २ घण्टा २० मिनेट लामो यो फिल्मलाई डान्स ड्रामा जनरामा राखिएको छ । बेलायती सेनामा भर्ती

पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘हुक्का’को ट्रेलर सार्वजनिक

आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का ः एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापा निर्देशित यो फिल्मले मर्मस्पर्शी पारिवारिक कथावस्तु पेश गरेको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । ट्रेलरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे,

पूर्वी नेपालमा बन्दै ‘दुई कदम’

उदय सुब्बाको निर्देशन रहेको छायांकनरत फिल्म हो ‘दुई कदम’ । फिल्मको पूर्वका धनकुटा, तेह्रथुम, इलाम, झापा लगायतका स्थानमा छायांकन भइरहेको छ । फिल्मको अहिले ८० प्रतिशत छायांकन सकिएको र केही दिनमा पुरै छायांकन सकिने निर्देशक सुब्बाले जानकारी दिए । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ ।