धागो कारखानामा ४० बेडको आइसोलेसन अस्पताल तयार

क्रेजी साप्ताहिक बुटवल । बुटवल धागो कारखानाको भवनमा ४० बेडको ‘कोरोना विशेष’ आइसोलेसन अस्पताल तयार पारिएको छ । पूर्वपश्चिम राजमार्ग छेउमै बुटवल औद्योगिक क्षेत्रको पूर्वतर्फ बन्द अवस्थामा रहेको धागो कारखानाको एउटा भवनमा अस्थायी आइसोलेसन अस्पताल बनाइएको हो । अस्पतालमा भेन्टिलेटरसहित दुई कोठामा ४० बेड रहेका छन् । सोमबारदेखि अस्पतालको शुभारम्भ

कोरोना त्रास : १२२ हाटबजार बन्द

क्रेजी साप्ताहिक । कोरोना त्रासका कारण रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिए । सरकारले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै हाटबजार भिडभाड

बहराइनमा रहेका तीन नेपालीलाई कोरोना संक्रमण

क्रेजी साप्ताहिक काठमाडौं । बहराइनमा रहेका तीन जना नेपाली नागरीकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् । थप तीन नेपालीलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका

बेलबारीमा पनि १५ बेडको आइसोलेशन वार्ड तयार

क्रेजी साप्ताहिक बेलबारी । कोरोना भाईरसले बिश्वमा त्रास फैलाइरहेको बेला सो भाईरसबाच बच्न पुर्व तयारी स्वरुप मोरङको बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वार्ड तयार गरेको छ । नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो । विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पुर्व तयारी अबस्थामा आइसोलेसनको वार्ड तयार पारेको

प्रहरीलाई कोरोना सचेतना

क्रेजी साप्ताहिक पथरी । इलाका प्रहरी कार्यालय पथरी मातहतका प्रहरीहरुलाई कोरोना भाइरस र यसबाट बच्ने उयायका बारेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरेको छ । कोरोनाबाट आफुहरु पनि बच्न र अरुलाई पनि बचाउने भूमिकामा महत्वपूर्ण रहने प्रहरीहरुका लागि नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा इलाका प्रहरी कार्यालयमा सचेतना कार्यक्रम सञ्चालन

कोरोना त्रास : अब डान्स क्लबदेखि सिनेमा हलसम्म बन्द

क्रेजी साप्ताहिक काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन

पथरीशनिश्चरेमा पनि मास्कमा कालोबजारी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका निजी स्वास्थ्य संस्था तथा औषधि पसलमा आज भएको अनुगमनका क्रममा मास्कमा कालोबजारी भएको तथ्य फेला परेको छ ।पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले आज नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४

कोरोनाबाट जोगिने सतर्कताका लागि छलफल

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसबाट जोगिने सतर्कताका लागि छलफल गरेको छ । आज नगरपालिकाले कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठक बसी कोरोनाबाट जोगिन होसियारी अपनाउन नगरवासीलाई समेत अनुरोध गर्ने निर्णय पनि भएको छ । जस अनुरुप नेपालीको नमस्कार संस्कृतिलाई अंगाल्दा धेरैहदसम्म भाइरस सर्नबाट जोगिने

बरामद मास्क बिक्रीका लागि पठाइने

क्रेजी साप्ताहिक काठमाडौं । लुकाएको ठाउँबाट व्यापारीले बरामद मास्क बजारमा बिक्री वितरणका लागि पठाइने भएको छ । मास्क लुकाउनेविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला प्रशासन कार्यालयमा प्रमाणस्वरुप बरामद मास्क पेश गर्नुपर्ने हुँदा बजारमा पठाउने कि नपठाउने भन्ने अन्योल भएको थियो । महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरीले बरामद गरेको मास्क अविलम्ब बिक्री वितरणको

झापाका एक व्यक्तिलाई कोरोनाको आशंकामा ग्रान्डी अस्पताल लगियो

क्रेजी साप्ताहिक झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का गरिएपछि उपचारका लागि काठमाडौँको ग्राण्डी हस्पिटल लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । उनका