
कुशल भुर्तेलको अर्धशतक पूरा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।