नेपाललाई तेस्रो सफलता, कुशलले लिए विकेट

आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा तेस्रो सफलता हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन् । कुशलले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए । यसअघि

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । सन्दीपले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन् ।

यूएईविरुद्ध कप्तान देव खनालको अर्धशतक

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाएका छन् । आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि देवले २६ औं ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन् । देवले ७५ बल खेल्दै ३ चौका र १ छक्कामा

नेपाललाई पहिलो ओभरमै सफलता

आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका हुन् । उनले यूएईका मोहमद वसिमलाई पहिलो ओभरको पाँचौं बलमा बोल्ड आउट गरे

एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी फेन्टेनको निधन

सन् १९५८ फिफा विश्वकपमा १३ गोल गर्ने फ्रान्सका स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो । फन्टेनले स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गरेका थिए । फन्टेनले

आर्सनल र लिभरपुलको सहज जीत

एभर्टनमाथि गोल वर्षा गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । बुधबार राति आर्सनलले एभर्टनलाई ४–० गोलले हरायो । आर्सनलको जीतमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । जीतसँगै २५ खेलबाट आर्सनलको ६० अंक रहेको छ । दोस्रो स्थानमा रहेको

पुनरागमन गर्दै युनाइटेड क्वार्टरफाइनलमा

एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई हराएर एफए कपको क्वार्टरफानलमा प्रवेश गरेको छ । बुधबार राति युनाइटेड ३–१ गोलले विजयी बनेको हो । साइद बेनराहमाले खेलको ५४ औँ मिनेटमा वेस्ट ह्यामलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, ७७ औँ मिनेटमा नायेफ अगुएर्डले आत्मघाती गोल गरेपछि

एफए कपमा स्पर्स स्तब्ध

प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो । खेलमा स्पर्सले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेको थियो । क्लबका सर्वकालीन गोलकर्ता ह्यारी केन अतिरिक्त खेलाडीका रुपमा राखिएको थियो ।

यस्तो देखियो केपी ओली कप, तस्बिरमा हेर्नुस्

केपी ओली कपको राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता जनाएका थिए । फाइनल खेल हेर्न नेकपा

मछिन्द्रलाई केपी ओली कपको उपाधि

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।