
आईसीसी पुरुष विश्वकप लिग टू : नेपालले आज स्कटल्याण्डको सामना गर्दै
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो खेल खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ