झापाको दमकमा जन्मियो तालु नभएको बच्चा
क्रेजी साप्ताहिक पथरी । झापाको दमकमा एक महिलाले तालु नभएको बच्चालाई जन्म दिएकी छिन् । दमक स्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी ती महिलाले फरक प्रकृतीको शिशुलाई जन्म दिएकी हुन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मधुमल्लाकी गुराँस कार्कीले टाउकोको माथिल्लो भाग, तालु बिनाको शिशुलाई जन्म दिएकी हुन् ।


