अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि रेडस्टार अब्बल छ– प्रमुख तुम्वापो

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ । आज विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख तुम्वापोले सो कुरा बताउनुभएको हो । वार्षिकोत्स्वको अवसरमा विद्यालयले

साल्पामा लर्डबुद्ध साकोसको २१ औं वार्षिकोत्सव

क्रेजी संवाददाता पथरीशनिश्चरे । पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिकोत्सव होटल साल्पामा सम्पन्न भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संस्थाको २१ औं वार्षिकोत्सवको केक काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटनको क्रममा बोल्दै मेयर तुम्वापोले नगरभित्रका सहकारीको संचालनका लागि स्थानीय सहकारी ऐन बनाएर

गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यशाला

क्रेजी संवादाता पथरी। शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एकदिवसीय कार्यशाला संचालन भएको छ । मोरङको पथरीशनिश्चरे–१ मा २०६४ सालमा स्थापना भएर निरन्तर उच्च शिक्षा प्रदान गर्दै आईरहेको पथरी बहुमुखी क्याम्पसले मंगलबार कार्यशाला संचालन गरेको हो । विद्यार्थी गुणस्तर समूहद्वारा आयोजित कार्यशालामा विद्यार्थी गुणस्तर समूह, प्राध्यापक कर्मचारी

ब्लाष्टकर्मी सुब्बा सहित दुईजना पुरस्कृत

क्रेजी संवादाता, पथरी । प्रेस चौतारी नेपाल मोरङले प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा ब्लाष्ट दैनिकका पथरी संवाददाता तथा निगरानी टाईम्स अनलाइका प्रधान सम्पादक दिनेश सुब्बा लिम्बु र तेजेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको हो । दिनेश सुब्बा लिम्बुलाई ११ हजार

देशको राष्ट्रिय राजनीति चुनौतीपूर्ण रहेको छ : प्रदिप ज्ञवाली

क्रेजीसंवादाता, हेटौंडा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको राष्ट्रिय राजनीति चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले अहिलेको सत्ता सहकार्यलाई टिकाउन एमालेले हरसम्भव प्रयास गर्ने बताउनुभयो । एमालेलाई सरकार र राज्यको केन्द्रबिन्दुमा राख्न आफूहरुले प्रयास गर्ने उहाँले

युवा संघका नेता–कार्यकर्ता सबैका लागि आदर्श बन्नुपर्ने, – निरु पल

क्रेजीसंवादाता, हेटौंडा । नेकपा एमालेकी पोलिटब्युरो सदस्य निरु पालले युवा संघका नेता–कार्यकर्ता सबैका लागि आदर्श बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै युवा संघका पूर्व अध्यक्ष समेत रहनुभएकी नेतृ पालले युवा संघ सधैंका लागि र सबैका लागि विशेष हुनुपर्ने बताउनुभयो ।

मोरङ हिसान खेलकुद सप्ताह, एथलेटिक्समा रेडस्टार प्रथम

क्रेजी संवाददाता विराटनगर । मोरङको विराटनगरमा हिसान मोरङद्वारा सप्ताह खेलकुद अन्तर्गत सोमबार सम्पन्न फुटबल प्रतियोगिताको उपाधि कोशी क्याम्पसले उचालेको छ । स्पोर्ट्स मिटको अन्तिम फाइनलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई ० को विरूद्ध २ गोलको अन्तरले पराजित गरी उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच कोशीका प्रदिप

ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु

क्रेजी संवादाता, पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा ओ।पी।डी। का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको क्षमता अभिवृद्धि तालिम सुरु भएको हो । तालिममा नगरका १९ जना अपाङ्गता भएकाहरुको उपस्थिति रहेको छ ।

सोलुखुम्बुका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

सोलुखुम्बु । गत पुस ५ गते सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आगलागीेबाट पिडित ७ परिवारलाई प्रदेश सरकारले राहत वितरण गरेको छ । आगलागी हुदाँ बुद्धिबहादुर, कल्पना बस्नेत, रमेश बस्नेत, गणेश बस्नेत र इन्द्र बस्नेतकोको घर नष्ट भएको थियो । स्थानीय बुद्धिबहादुर कार्कीको घरमा विद्युत सर्ट हुदाँ आगलागी

हिमालको काखमा रहेको गुदेल माविको हिरक महोत्सव

पथरी। हिमालको काखमा रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ – ४ गुदेल स्थित श्री गुदेल माविले ६० औं वर्ष पूरा गरेको उपलक्ष्यमा हिरक महोत्सव मनाएको छ । बिहिबार सरस्वती पुजाको विशेष अवसरमा आयोजना भएको हिरक महोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न हुने भएको हो । पाँच दिन सम्म विभिन्न खेलकुद लगायका कार्यक्रमहरु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.